शाहबाद डेयरीमा युवतीमाथि कुटपिट, पिता-पुत्र पक्राउ
शाहबाद डेयरीमा युवतीमाथि कुटपिट, पिता-पुत्र पक्राउ


नयाँ दिल्ली, 14 फरवरी (हि.स.)। बाहिरी उत्तरी जिल्लाको शाहबाद डेयरी क्षेत्रमा छिमेकीहरूबीच भएको विवादले कुटपिटको रूप लियो। बाटो छेकेरर एकजना 24 वर्षीय युवतीमाथि कुटपिट गरेको मामिलामा पुलिसले पिता-पुत्रलाई पक्राउ गरेको छ।

पुलिस अनुसार गत 12 फरवरीको दिन थाना शाहबाद डेयरीलाई झगड़ा भएको सूचना प्राप्त भएको थियो। सूचना पाउनसाथ पुलिसको टीम घटनास्थलमा पुग्यो, तर त्यसबेलासम्ममा घाइते युवतीलाई अस्पताल लगिसकिएको थियो। अस्पतालमा युवतीको मेडिकल गराइयो जसमा चोट शारीरिक प्रहार अनुरूप पाइयो। अस्पतालमा दर्ता बयानमा युवतीले आरोप लगाई, गत 12 फरवरीको साँझ लगभग 6:30 बजे शाहबाद डेयरीस्थित अखाड़ा निकट उ आफ्नो घर तर्फ गइरहेकी थिई। यसै अवधि मोहम्मद कादिर र उसका पिता रवि अहमदले बाटो छेकेर उमाथि कुटपिट गरे जसले गर्दा उसलाई चोट लाग्यो।

सिकायत औ एमएलसीको आधारमा पुलिसले एफआईआर दर्ता गरायो। जाँचमा आरोपी मोहम्मद कादिर (21) र उसका पिता रवि अहमद (52)-लाई पक्राउ गरियो। पुलिस जाँचमा सामु आएको छ, यसअघि पनि आरोपी कादिर र पीड़िताको भाइ हरियाबीच सामान्य कुरालाई लिएर विवाद भएको थियो। हाल जाँचमा कुनै पनि प्रकारको साम्प्रदायिक एंगल देखिएको छैन। पुलिसको भनाइ छ, यो मामिला एउटै क्षेत्रमा बस्ने छिमेकीहरूबीीच भएको झगड़ाको हो। आरोपीहरूसित जाँचबुझ जारी छ साथै मामिलाको जाँच पनि भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande