
गान्तोक, 14 फरवरी (हि.स.)। सुरक्षाबलले भारत-पाकिस्तान अन्तरराष्ट्रिय सीमाअन्तर्गत आरएस पुरा सेक्टरमा सीमापारीबाट लागुऔषध तस्करी गर्ने प्रयास विफल पार्दै चार किलोग्रामभन्दा बढी हेरोइन बरामद गरेका छन्। उक्त लागुऔषध पाकिस्तानी ड्रोनमार्फत खसालिएको अनुमान गरिएको छ।
अधिकारीहरूका अनुसार, लागुऔषध बीएसएफ र जम्मू कश्मीर पुलिसद्वारा सञ्चालन गरिएको संयुक्त अभियानका क्रममा बरामद गरिएको हो। अन्तरराष्ट्रिय बजारमा २० करोड़ रुपियाँभन्दा बढी मूल्य पर्ने यो लागुऔषध दुई फरक खेपमा पठाइएको र पछि बरामद गरिएको जनाइएको छ।
अधिकारीहरूले बताएअनुसार, यस घटनाले सीमापारीबाट ड्रोनको सहयोगमा भइरहेको तस्करीका प्रयासहरू बढ्दो क्रममा रहेको देखाएको छ। लागुऔषध ओसारपसारका लागि मानवरहित हवाई साधन (ड्रोन) को बढ्दो प्रयोगलाई नियन्त्रण गर्न सुरक्षानिकायहरूले संवेदनशील क्षेत्रमा निगरानी तथा स्थलीय अभियान तीव्र पारेका छन्।
सीमापारीबाट लागुऔषध आपूर्ति गर्न सहयोग गर्ने सञ्जाललाई ध्वस्त पार्न र स्थानीय सम्पर्कहरूको पहिचान गर्न अनुसन्धान जारी रहेको बताइएको छ। खेपको स्रोत र प्राप्तकर्ताको पहिचानका लागि थप प्राविधिक तथा स्थलीय गुप्तचर सूचनाको आधारमा जांच अगाडि बढाइएको छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी