प्रदेश भाजपा अध्यक्षले राज्यपाल समक्ष राजधानीमा जल संकटको मुद्दा उठाए
Governor and bjp president


गान्तोक, 14 फरवरी (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) सिक्किमका प्रदेश अध्यक्ष डीआर थापाले आज गान्तोकस्थित लोक भवनमा सिक्किमका राज्यपाल ओमप्रकाश माथुरसँग शिष्टाचार भेट गरे।

भेटका क्रममा प्रदेश अध्यक्षले सिक्किमका जनताको ज्वलन्त समस्याहरूबारे विशेष ध्यानाकर्षण गराए। उनले विशेषगरी राजधानी गान्तोकमा देखिएको गम्भीर पानी अभावको विषय उठाए। उनले अप्रेल-मई महिनाको चरम पर्यटकीय सिजनमा पानीको माग दिनप्रतिदिन बढ्दै गएको उल्लेख गर्दै यसले स्थानीय बासिन्दा तथा पर्यटक दुवैको आवश्यकता पूरा गर्न ठूलो चुनौती उत्पन्न गर्न सक्ने बताए।

उनले सम्बन्धित राज्य विभागहरू तथा केन्द्रिय मन्त्रालयसँग समन्वय गरी दिगो र दीर्घकालीन समाधानका लागि पहल गर्न राज्यपालसँग अनुरोध गरे।

राज्यपालले उक्त विषयप्रति गहिरो चिन्ता व्यक्त गर्दै पानीको संकट समाधान गर्न तथा गान्तोकका बासिन्दाका लागि स्थायी समाधान सुनिश्चित गर्न सक्रिय पहल गर्ने आश्वासन दिएको लोकभवनले बताएको छ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande