
नयाँ दिल्ली, 14 फरवरी (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तासित आज दिल्ली नगरनिगम (एमसीडी)- का मल्टी टास्किंग स्टाफ (एमटीएस) कर्मीहरूले मुख्यमन्त्री जनसेवा सदनमा भेट गरे। यस अवसरमा कर्मीहरूले वेतन वृद्धि गर्ने निर्णय गरेकोमा सरकारप्रति आभार व्यक्त गरे।
मुख्यमन्त्रीले सोशल मीडिया एक्समा पोस्ट गरी भनिन्, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा हाम्रो सरकारले ‘कर्मयोगीको सम्मान’-लाई सुशासनको मूल मन्त्र मानेर कार्य गरिरहेको छ। हाम्रो लागि हरेक कर्मचारी व्यवस्थाको अंग मात्र नभएर विकसित दिल्ली निर्माणको आधार स्तम्भ पनि हो। उनले भनिन्, दिल्लीको सेवामा समर्पित यी कर्मयोगीहरूको सम्मान औ सशक्तिकरण हाम्रो सर्वोच्च प्राथमिकता हो।
यस अवसरमा दिल्लीका मेयर राजा इकबाल सिंह, स्ट्याण्डिंग कमिटीकी अध्यक्ष सत्या शर्मा, एमसीडीका नेता सदन प्रवेश वाही पनि उपस्थित थिए।
उल्लेखनीय छ, एमसीडीले आफ्नो बजटभन्दा एक दिनअघि गत बिहीवार सबै एमटीएस कर्मचारीहरूको लागि समान वेतनलाई स्वीकृति दिएको थियो। यस फसेलाबाट लगभग 4 हजार कर्मचारीहरू लाभान्वित हुनेछन्। यसको लागि 50 कड़ोर रुपियाँको बजट आवन्टन गरिएको छ। निगमका 12 जोनमध्ये 6 जोनमा काम गर्ने कर्मीहरूले प्रतिमहिना 27,000 रुपियाँ पाउनेछन् भने अन्य जोनमा काम गर्नेहरूललाई न्यूनतम मजदुरी मानदण्ड अनुसार 17,000-19,000 रुपियाँ दिइनेछ। यस फसेलापछि अब सबैले एक समान वेतन पाउनेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा