भ्यालेनटाइन डेमा ममता ब्यनर्जीको सन्देश, प्रेमलाई बताइन् सेवा र संघर्षको प्रेरणा
भ्यालेनटाइन डेमा ममता ब्यनर्जीको सन्देश, प्रेमलाई बताइन् सेवा र संघर्षको प्रेरणा


कोलकाता, 14 फरवरी (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले शनिवार भ्यालेन्टाइन डेको अवसरमा प्रेम तथा सौहार्दको सन्देश दिइन्। उनले सोशल मीडिया मञ्च ‘एक्स’ -मा पोस्ट गरी बताइन्, भ्यालेन्टाइन डे प्रेमका सबै रूपहरूको उत्सव हो- यस्तो प्रेम जसले जाति. धर्म, वर्ग एवं सम्प्रदायका सीमाहरूदेखि माथि उक्लेर मानवतालाई जोड़्छ। आफ्नो सन्देशमा मुख्यमन्त्रीले एक प्रसिद्ध पंक्ति उद्धृत गर्दै लेखिन्, “तिम्रै अनेकौं रूपहरूसित मैले सयकड़ौं पटक प्रेम गरेको छु—जन्म-जन्मान्तर, युगौं-युगसम्म।”

उनले भनिन्, यसै प्रेमको भावनाले उनलाई सार्वजनिक जीवनमा मार्गदर्शन गरेको छ- जनताप्रति यस्तो प्रेम जसले कठिनाईहरूको सामना गर्न सकोस्, धैर्यपूव्क मानिसहरूको कुरा सुन्न सकोस् तथा न्याय र गरिमाको लागि संघर्ष गर्ने साहस राखोस्।

मुख्यमन्त्रीले सबैलाई भ्यालेन्टाइन डेको शुभकामना दिँदै भनिन्, प्रेम दीर्घजीवी छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande