मणिपुर : भारी मात्रामा अंग्रेजी रक्सी जफत, 6 एकड़ अफिमको खेती नष्ट, एक पक्राउ
मणिपुर : भारी मात्रामा अंग्रेजी रक्सी जफत, 6 एकड़ अफिमको खेती नष्ट, एक पक्राउ


इम्फाल, 14 फरवरी (हि.स.)। मणिपुर पुलिसले बितेको 24 घण्टाभित्रमा मादक पदार्थ विरोधी अभियान संचालन गरी अफिमको अवैध खेतीलाई नष्ट गर्ने निरन्तर प्रयास गरिरहेको छ।

मणिपुर पुलिस मुख्यालय अनुसार मणिपुर पुलिसले इम्फाल वेस्ट जिल्लाको सेकमाई थाना अन्तर्गत एक क्षेत्रमा संचालित अभियानको क्रममा 131 बोतल बियर र 87 बोतल अंग्रेजी रक्सी जफत गऱ्यो। तथापि यस सम्बन्धमा कसैलाई पनि पक्राउ गरिएको छैन। पुलिसले मामिलाको अग्रिम जारी गरिरहेको छ।

अर्कोतिर सुरक्षा बल एवं वन विभागले एग्जीक्यूटिभ मेजिस्ट्रेटसित मिलेर सेनापति थानान्तर्गत नगाटन हिल रेञ्ज र कांगपोकपी जिल्ला अधिनस्थ केही क्षेत्रहरूमा लगभग 6 एकड़ भूमिमा रोपिएको अफिमको खेतीलाई नष्ट गरिदियो। यसको साथै अफिमको खेतीको रक्षा गर्नको लागि बनाइएको आठ वटा झोपड़ीहरूलाई पनि नष्ट गरियो। यस अवधि अन्य वस्तुहरू क्रमैले तीन ब्याग फर्टिलाइजर, 15 ब्याग नमक, सिंचाईको लागि पाइपको चार बण्डल, चार स्प्रे पम्पलाई पनि नष्ट गरियो। अफिमको खेतबाट थुलोचौर/तपोन गाउँ, इरंग पार्ट II, टी वाइचोंगका गन बहादुर राय (59)-लाई पनि पक्राउ गरिएको छ। यस सम्बन्धमा कारबाही गर्न पुलिस जुटिसकेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande