
पूर्व बर्दवान, 14 फरवरी (हि. स.)। जिल्लाको मेमारीमा एकजना 19 वर्षीय उच्च माध्यमिक परीक्षार्थीको मृत्यु भएको घटनाले सम्पूर्ण क्षेत्रमा शोक छाएको छ। मृत युवतीको पहिचान रूकसाना खातूनको रूपमा गरिएको छ जो मेमारीको तातारपुर क्षेत्रकी निवासी थिइन् भने यस वर्ष उच्च माध्यमिक परीक्षा लेखिरहेकी थिइन्।
परिवार अनुसार गत बिहीवारदेखि शुरू भएको परीक्षाको दोस्रो दिन गए शुक्रवार रूकसाना परीक्षा दिएर सामान्य रूपमा घर फर्केकी थिइन्। त्यसपछि उ मोबाइल फोनमा व्यस्त भइन्। अबेर साँझसम्म मोबाइल चलाइरहेकोले अभिभावकले हप्काउँदै पढ़ाईमा ध्यान दिने सल्लाह दिए।
परिवारजनको भनाइ छ, त्यसपछि उ उदास भई र अस्वस्थ महसूस भइरहेको बताएर आफ्नो कोठामा गई। परिवारले उसलाई आराम गर्न दियो।
परिवारजन मुताविक राती तथा अघिल्लो बिहान अबेरसम्म पनि कोठाबाट कुनै प्रतिक्रिया नआएको कारणले परिवारका सदस्यहरू भित्र गए जहाँ रूकसानालाई अचेत अवस्थामा भेटियो। उसलाई तुरून्तै मेमोरी अस्पतालमा लगियो जहाँ चिकित्सकहरूले उसलाई मृत घोषित गरिदिए।
घटनाको सूचना पाउनसाथ पुलिसले घटनास्थलमा पुगेर शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदियो। पुलिसले अस्वभाविक मृत्युको मामिला दर्ता गरी जाँच शुरू गरेको छ। हाल कुनै सुसाइड नोट हात लागेको जानकारी प्राप्त भएको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा