
गुवाहाटी, 14 फरवरी (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भनेका छन्, उत्तर गुवाहाटी–गुवाहाटीलाई जोड़्ने नयाँ पुलको उद्घाटन सहित अन्य केही महत्वपूर्ण पुल अनि फ्लाइओभरहरूको पनि चाँड़ै उद्घाटन गरिनेछ।
मुख्यमन्त्रीले बितेको राती एक कार्यक्रमपछि पत्रकारहरूसित बातचित गर्दै भने, आगामी मार्च महिनमा भरलुमुख फ्लाइओभर, चाँदमारी–नूनमाटी फ्लाइओभर, डिफू फ्लाइओभर, लंका फ्लाइओभर तथा जोरहाट फ्लाइओभर जनतालाई समर्पित गरिनेछ। उनले भने, यी परियोजनाहरू शुरू भए शहरी तथा अर्ध शहरी क्षेत्रहरूमा यातायातको व्यवस्था सुगम हुनेछ तथा मानिसहरूले ठूलो राहत पाउनेछन्।
डा. सरमाले यो पनि जानकारी गराए, प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी दिनमा असमवासीहरूलाई केही महत्वाकांक्षी परियोजनाहरूको उपहार दिनेछन्। उनले भने, राज्यमा आधारभूत संरचनाको क्षेत्रमा द्रूत गतिमा काम भइरहेको छ र आगामी दिनमा यसको सकारात्मक प्रभाव प्रदेशको समग्र विकासमा देखिनेछ।
--
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा