एआई इम्प्याक्ट समिटको लागि एनडीएमसी पूर्ण रूपमा तयार छ: कुलजित सिंह चहल
एआई इम्प्याक्ट समिटको लागि एनडीएमसी पूर्ण रूपमा तयार छ: कुलजित सिंह चहल


नयाँ दिल्ली, 14 फरवरी (हि.स.)। नयाँ दिल्ली नगरपालिका परिषद (एनडीएमसी) -का उपाध्यक्ष कुलजित सिंह चहलले आगामी एआई इम्प्याक्ट समिट- 2026 लाई लिएर शनिवार परिषदको तयारीहरू बारे विस्तृत जानकारी गराए। उनले भने, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा आयोजना हुने यो शिखर सम्मेलन देशको लागि गौरवको कुरा हो र एनडीएमसी यसको आतिथ्य सत्कारको लागि पूर्ण रूपमा तयार छ।

चहलले बताए, जी-20 सम्मेलनमा जसरी ‘अतिथि देवो भव’- को भावना बोकेर एनडीएमसीले उत्कृष्ट व्यवस्था गरेको थियो त्यस्तै एआई इम्प्याक्ट समिटको लागि पनि व्यापक तयारी गरिरहेको छ। उनले भने, सबै विभागीय अधिकारीहरूसित समन्वय स्थापित गरेर सुरक्षा, स्वच्छता एवं सौन्दर्यीकरणको विशेष व्यवस्था गरिएको छ।

उनले जानकारी दिए, इन्टीग्रेटेड कमाण्ड एण्ड कन्ट्रोल सेन्टर (आई-सीसीसी)- को माध्यमबाट 330 सीसीटीभी क्यामराबाट निगरानी राखिँदैछ। वाहनहरूको जीपीएसको माध्यमबाट मनिटरिंग गरिँदैछ तथा दिल्ली पुलिससित संयुक्त रूपमा सुरक्षा व्यवस्थालाई मजबुत बनाएको छ। आगामी 16-20 फरवरीसम्म आयोजना हुने यस शिखर सम्मेलनको लागि बागवानी विभागले विशेष सजावट र हरित व्यवस्थाको शुरूात गरिसकेको छ।एनडीएमसीको स्वच्छता टीम 24 घण्टै सक्रिय छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande