
जयपुर, 14 फरवरी (हि.स.)। चाकसू थाना क्षेत्रमा शनिबार बिहान भएको सडक दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। दुर्घटना कोटा-जयपुर राष्ट्रिय राजमार्ग (एनएच-५२) अन्तर्गत टिंगरिया मोड नजिक भएको हो। कार चालकलाई झप्की लागेको आशंका गरिएको छ, जसका कारण यो दुर्घटना भएको बताइएको छ। ठक्कर यति भीषण थियो कि कार पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
चाकसू थाना अधिकारी मनोहर लाल मेघवालका अनुसार, कारमा सवार सबै जना मध्य प्रदेशका बासिन्दा थिए र जयपुरतर्फ आउँदै थिए। दुर्घटनामा एक महिलासहित ४ जनाको घटनास्थलमै मृत्यु भयो, जबकि गम्भीर घाइते एक युवकलाई अस्पताल लगिँदै गर्दा बाटोमै मृत्यु भएको थियो।
प्रत्यक्षदर्शीहरूका अनुसार, ठक्करपछि राजमार्गमा हलचल मच्चिएको थियो। दुर्घटनाका कारण केही समयका लागि राष्ट्रिय राजमार्गमा जामको अवस्था सिर्जना भयो। सूचना पाएलगत्तै पुलिस टोली घटनास्थलमा पुगेको थियो। पुलिसले शवहरूलाई मोर्चरीमा राखेको छ र क्षतिग्रस्त सवारीसाधनलाई क्रेनको सहायताले हटाई यातायात पुनः सुचारु गरेको छ।
पुलिसले मुद्दा दर्ता गरी जांच शुरु गरेको छ। प्रारम्भिक जांचमा चालकलाई झप्की लाग्नु दुर्घटनाको कारण मानिएको छ, यद्यपि अन्य पक्षबारे पनि जांच भइरहेको छ। मृतकहरूको पहिचान तथा परिवारजनलाई सूचना दिने प्रक्रिया जारी रहेको पुलिसले जनाएको छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी