
सारण, 14 फ़रवरी (हि.स.)। पुलिसले मानव तस्करी औ नाबालिकहरूको शोषणविरूद्ध कारबाही गर्दै 15 जना नाबालिकाहरूलाई अर्केस्ट्रा संचालकहरूको चंगुलबाट मुक्त गराएको छ। वरिष्ठ पुलिस अधीक्षकको निर्देशनमा जिल्लाका विभिन्न अर्केस्ट्रा केन्द्रहरूमा छापा मारियो। यो कारबाही राष्ट्रिय मानवाधिकार आयोगको पत्रको आलोकमा गरिएको हो। एसएसपीको निर्देशमा महिला थाना पुलिस र विशेष टीमले रिभिलगञ्ज एवं कोपा थाना अन्तर्गत चिन्हित अर्केस्ट्रा ठेगानाहरूको विधिवत घेराबन्दी गऱ्यो।
पुलिस अनुसार यी युवतीहरूलाई प्रताड़ित गर बलजफ्ती नृत्य एवं अन्य अनैतिक कार्यहरूमा धकेलिएको थियो। मुक्त गराइएका 15 जना नाबालिकाहरूमा पञ्जाबका चारजना, पश्चिम बंगालका चारजना, बिहारका तीनजना, ओडिशाका दुईजना, उत्तर प्रदेशका एकजना र असमका एकजना सामेल छन्। यिनीहरू सबैलाई रेस्क्यू गरी सुरक्षित स्थानमा पठाइएको छ भने यिनीहरूको पुनर्वासको प्रक्रिया शुरू गरिएको छ। पुलिसले घटनास्थलबाट सातजना आरोपीहरूलाई पक्राउ गरेको छ जसमा कोपा थाना क्षेत्रका दीपक कुमार यादव, हरिशंकर माँझी, सञ्जीत कुमार माँझी, गोविन्द कुमार यादव र रिभिलगञ्ज थाना क्षेत्रका सन्दीप यादव, विनय ठाकुर अनि मोहित कुमार सामेल छन्। महिला थानाा मामिला दर्ता गरी अग्रिम कानूनी कारबाही गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा