खड़गपुरमा ‘सेवालिंक’ एप लञ्च, अब एक क्लिकमा पाइनेछ डाक्टर र रगत बारे जानकारी
खड़गपुरमा ‘सेवालिंक’ एप लञ्च, अब एक क्लिकमा पाइनेछ डाक्टर र रगत बारे जानकारी


खड़गपुर, 14 फरवरी (हि.स.)। उपचारको क्रममा सही डाक्टर, उनको च्याम्परको समय वा आपत स्थितिमा रगत र अक्सीजन उपलब्धताको जानकारी नपाइएको कारणले मानिसहरूलाई प्रायजसो नै विभिन्न समस्याको सामना गर्नुपर्छ। कुनै कुनै घटनामा समयमा समुचित सूचना नपाइएको कारणले स्थिति गम्भीर हुन्छ। यस्तै समस्याहरूलाई समाधान गर्ने उद्देश्यले खड़गपुरका एकजना युवा आईटी पेशावरले अद्वितीय पहल गरेका छन्।

खड़गपुर निवासी सौरभ भुइयाँले ‘सेवालिंक’ नामक एउटा मोबाइल एप्लिकेशन विकसित गरेका छन्। यो एपले हाल खड़गपुर तथा मेदिनीपुर क्षेत्रका निजी प्र्याक्टिससित सम्बन्धित विस्तृत जानकारी उपलब्ध गराउँछ। यसको माध्यमबाट यो जानकारी हासिल गर्न सकिन्छ कि कुन डाक्टरले कुन अस्पताल वा च्याम्बरमा कुन दिन र कुन समयमा रोगीहरूको जाँच गर्छन्।

यसको साथै एपमा स्थानीय अस्पतालहरूको जानकारी, ब्लड ब्यांक र अक्सीजन उपलब्धतासित सम्बन्धित विवरण पनि जोड़िएको छ ताकि आपतकालीन स्थितिमा मानिसहरूलाई तत्काल सहयोग प्राप्त हुन सकोस्।

गए शुक्रवार साँझ खड़गपुरको रूपनारायणपुर क्षेत्रमा आयोजित एक कार्यक्रममा यस एपको औपचारिक उद्घाटन गरियो। कार्यक्रममा पिंगलाका विधायक तथा जिल्ला परिषदका सह-सभाधिपति अजित माइती सहित जिल्लाका केही वरिष्ठ चिकित्सकहरू उपस्थित थिए।

लगभग एक वर्षको अथक परिश्रमपछि बनाइएको यस एपको बारेमा सौरभले बताए, वर्तमानमा यसमा खड़गपुर र मेदिनीपुरको मात्र जानकारी उपलब्ध रहनेछ। भविष्यमा यसको विस्तार गरी झाड़ग्राम अनि पूर्व मेदिनीपुर जिल्लालाई पनि जोड़िनेछ। उनले बताए, ‘सेवालिंक’ एप गूगल प्ले स्टोरमा डाउनलोडको लागि उपलब्ध छ।

विधायक अजित माइतीले यस पहलको सराहना गर्दै भने, परिवर्तनशील समय अनुरूप यो एक अत्यन्तै उपयोगी र जनहितकारी प्रयास हो जसबाट आम मानिसहरूले ठूलो राहत पाउनेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande