छत्तीसगढः ट्रक-कार ठक्कर, ४ जवानको मृत्यु
छत्तीसगढः ट्रक-कार ठक्कर, ४ जवानको मृत्यु


धमतरी, 14 फरवरी (हि.स.)। छत्तीसगढको धमतरी जिल्लाअन्तर्गत अर्जुनी थाना क्षेत्रको खपरी-धमतरी बाइपासमा शनिबार बिहान सबेरै बस्तरबाट फर्किँदै गरेका केन्द्रिय रिजर्भ पुलिस बल (सीआरपीएफ) का चार जवानको ट्रक र कारबीच भएको भीषण ठक्करमा मृत्यु भएको छ। दुर्घटना यति भयावह थियो कि कार पूर्ण रूपमा क्षतिग्रस्त भयो र भित्र सवार जवानहरू गम्भीर रूपमा फसेका थिए।

पुलिसका अनुसार, जगदलपुर बटालियनबाट आइरहेको डिजायर कार खपरी बाइपास नजिकै अगाडिबाट आइरहेको ट्रकसँग ठोक्किएको थियो। ठक्कर यति भीषण थियो कि दुई जवानको घटनास्थलमै मृत्यु भयो भने गम्भीर घाइते अन्य दुई जवानले अस्पताल पुगेपछि अन्तिम सास फेरे। दुर्घटनामा एक अन्य व्यक्ति गम्भीर घाइते भएका छन् र उनको उपचार जारी छ।

घटनाको जानकारी पाउनासाथ वरदान परमार्थ एम्बुलेन्स सेवा संस्थाका शिवा प्रधान, डुमन साहू र हेमन्त प्रधान तुरुन्तै घटनास्थलमा पुगेका थिए। उनीहरूले क्षतिग्रस्त सवारीसाधनमा फसेका जवानहरूलाई उद्धार गरी जिल्ला अस्पताल पुर्‍याए। मृतकहरूको शव पोस्टमार्टमका लागि पठाइएको छ। समाचार लेखिँदासम्म मृत जवानहरूको नामको आधिकारिक पुष्टि हुन सकेको थिएन।

दुर्घटनाको खबर पाएलगत्तै जिल्ला अस्पतालमा सेना र पुलिसका जवान तथा अधिकारीहरूको भीड लागेको थियो। जिल्लाका कलेक्टर अविनाश मिश्रा र मेयर रामू रोहरा लगायतका जनप्रतिनिधिहरू अस्पताल पुगेर घटनाबारे जानकारी लिएका थिए। अस्पताल परिसरमा शोक र दुःखको वातावरण देखिएको थियो।

हाल पुलिसले मुद्दा दर्ता गरी दुर्घटनाको कारणबारे जांच शुरु गरेको छ। यस दर्दनाक घटनाले फेरि एकपटक तीव्र गतिमा सवारी चलाउने र सडक सुरक्षाको विषयलाई गम्भीर रूपमा उठाएको छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande