कोलकातामा माध्यमिक छात्राले गरिन् आत्महत्या, गणित परीक्षालाई लिएर थिइन् चिन्तित
कोलकातामा माध्यमिक छात्राले गरिन् आत्महत्या, गणित परीक्षालाई लिएर थिइन् चिन्तित


कोलकाता, 14 फरवरी (हि.स.)। कोलकाताको तोपसिया क्षेत्रमा माध्यमिक परीक्षा दिने छात्राले आत्महत्या गरिन्। पुलिसले शनिवार यस घटनाको पुष्टि गऱ्यो। प्रारम्भिक जानकारी अनुसार गणितको परीक्षा अपेक्षा अनुरूप नभएको कारणले छात्रा मानसिक रूपमा चिन्तित थिइन्।

छात्राको शव गत बिहीवार राती उसको घरबाटै उद्धार गरियो। भनिन्छ, उसले चुन्नीले पंखामा फाँसी लगाएकी थिइन्। घटनाको सूचना पाउनसाथ तोपसिया थानाको पुलिस घटनास्थलमा पुग्यो अनि शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदियो।

परिवारको भनाइ छ, गणित परीक्षापछि उ तनाउग्रस्त थिई। अन्य परीक्षा राम्रै भएको थियो, तर गणितलाई लिएर चिन्तित अनि अवसादग्रस्त महसूस गरिरहेकी थिई। माध्यमिक परीक्षा गत 12 फरवरीमा समाप्त भएको थियो।

पुलिस अनुसार छात्रा महेन्द्र राय लेनस्थित एक बहुतले भवनमा आफ्नो परिवारसित बस्थी। घटना हुँदा माता-पिता, बहिनी, हजुरआमा घरमै थिए। तर माता-पिता केही समयको लागि बाहिर गएका थिए भने हजुरआमा र बहिनी अर्को कोठामा गएकी थिइन्। यसै अवधि छात्रा नजिकैको कोठामा पसेर भित्रबाट ढोका बन्द गरी।

साँझ माता-पिता फर्किएपछि उनीहरूले ढोका ढक्ढकाएर बोलाए। तर लामो समयसम्म कुनै प्रतिक्रिया आएन। शंका लागेर ढोका खोल्दा छात्राको शव पंखामा झुण्डिरहेको देखियो। उसलाई तत्काल राष्ट्रिय चिकित्सा महाविद्यालय एवं अस्पतालमा लगियो जहाँ चिकित्सकहरूले उसलाई मृत घोषित गरिदिए।

पुलिसले अस्वाभाविक मृत्युको मामिला दर्ता गरी सम्पूर्ण घटनाक्रमको जाँच शुरू गरिएको छ। घटनास्थलबाट कुनै सुसाइड नोट भेटिएन। पुलिस अधिकारीहरूको भनाइ छ, सबै पक्षहरूको जाँच गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande