
कोलकाता, 14 फरवरी (हि.स.)। कोलकाता सहित वरपरका क्षेत्रहरूमा आगामी 24 घण्टाको अवधिसम्म मौसम मुख्यतः सफा रहने सम्भावना छ। बिहान सामान्य धमिलोपन देखिनसक्छ। तापमानमा विशेष बदलाउ हुने सम्भावना छैन। अधिकतम तापमान लगभग 28 डिग्री सेल्सियस तथा न्यूनतम तापमान लगभग 16 डिग्री सेल्सियस रहनसक्छ।
सिक्किमका एक-दुई ठाउँमा हल्का वर्षा अथवा हिमपात हुनसक्छ। हिमाली क्षेत्रहरूमा जाड़ो यथावत रहनेछ तथापि मौसममा ठूलो परिवर्तनको आशा न्यून छ।
उप-हिमालयी पश्चिम बंगालका सबै जिल्लाहरूको मौसम शुष्क रहनेछ। दार्जीलिङ, कालेबुङ, कुचबिहार, जलपाईगुड़ी तथा उत्तर दिनाजपुर जिल्लामा बिहान कतै-कतै हल्कादेखि मध्यम कुहिरो लाग्नसक्छ जसबाट दृश्यता प्रभावित हुनेछ।
मौसम विभाग अनुसार हाल कुनै पनि प्रकारको चेताउनी जारी गरिएको छैन। आगामी दिनमा मौसममा ठूलो परिवर्तन आउने आशा छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा