नन्दीग्रामका युवकले ‘बांगलार बाड़ी’ योजनाको राशिलाई फर्काएर उदाहरण पेश गरे
नन्दीग्रामका युवकले ‘बांगलार बाड़ी’ योजनाको राशिलाई फर्काएर उदाहरण पेश गरे


पूर्व मेदिनीपुर, 14 फरवरी (हि.स.)। पश्चिम बंगाल सरकारको ‘बांगलार बाड़ी’ आवास योजनालाई लिएर एकातिर अनियमितता तथा कथित ‘कटमनी’- को आरोप उठिरहेको छ भने अर्कोतिर पूर्व मेदिनीपुर जिल्लाको नन्दीग्राम क्षेत्रबाट एक सकारात्मक उदाहरण सामु आएको छ। नन्दीग्राम- दुई ब्लकको बिरूलिया ग्राम पञ्चायत अन्तर्गत पूर्व घोलपुकुरिया निवासी सुब्रत मण्डलले योजनाको पहिलो किस्ताको रूपमा प्राप्त 60 हजार रुपियाँलाई स्वेच्छाले प्रशासनलाई फर्काइदिए।

सुब्रत मण्डल पहिला एउटा कच्चा घरमा आफ्ना माता-पिता, भाइ, पत्नी तथा पुत्रको साथमा कठिन परिस्थितिमा जीवन बिताउँदै आएका थिए। आर्थिक अभावबीच राजमिस्त्रीको सहायकको रूपमा काम गरेर तिनले परिवार धान्दै आएका थिए। राम्रो घरमा बस्ने सपना देखेर उनले ‘आवास योजना’ अन्तर्गत आवेदन गरेका थिए। चार पटकसम्म सर्वे भएपछि यस वर्ष 2026-मा उनको ब्यांक खातामा 60 हजार रुपियाँ पहिलो किस्ता जमा भयो। यसबीच उनले रेलवेमा ग्रुप-डीको नोकरी पाए। नियमित आय भएपछि उनले आवास योजनाको राशिलाई फर्काइदिने निर्णय लिए ताकि त्यो राशि अन्य आवश्यकतामा रहेको परिवारलाई प्राप्त होस्। सुब्रतले भने, अब उनले आफ्नो आयबाटै आफ्नो घर बनाउन सक्छन्। जुन मानिसहरूलाई यस राशिको बढ़ी खाँचो छ उनीहरूले नै पाउनुपर्छ।

सुब्रतका पिता सुशिल मण्डलले यो राशि नन्दीग्राम-दुईका बीडीओ शुभदीप चौधुरी समक्ष जमा गरे। गए शुक्रवार साँझ फोन मार्फत यस आशयको पुष्टि गर्दै बीडीओले यस पहलको सराहना गरे अनि भने, नियम अनुसार राशि सरकारी कोषमा जमा गरिएको छ र दोस्रो किस्ता उनको नाममा जारी गरिनेछैन। योजनासित सम्बन्धित उनको आईडीलाई पनि निष्क्रिय बनाइँदैछ।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande