
उतर 24 परगना, 14 फरवरी (हि.स.)। जिल्लाको बादुरिया क्षेत्रमा एकजना युवकको हत्या गरी शवको टुक्रा पारेर तीन वटा नहरमा फालिएको आरोप स्थानीय बीएलओ (बूथ लेभल अफिसर) र उसको एकजना सहयोगीमाथि लागेको छ। पुलिसले नहरहरूबाट प्लास्टिकमा प्याक गरिएको शवका अंगहरू फेला पारेको छ। यस मामिलामा बीएलओ र उसका साथीलाई पक्राउ गरिएको छ। मृतकको पहिचान नासिर अलीको रूपमा भएको छ जो बादुरिया थाना अन्तर्गत चातरा ग्राम पञ्चायतको पापिला गाउँका निवासी थिए भने स्थानीय स्तरमा तृणमूल कंग्रेस कार्यकर्ता रहेको बताइएको छ। नासिर पछिल्लो पाँच दिनदेखिको बेपत्ता थिए।
पुलिसको प्रारम्भिक जाँच अनुसार बीएलओकी पत्नीसित मृतक युवकको कथित सम्बन्धको कारणले यो हत्या गरिएको हो। आरोप छ, एसआईआर (स्पेशल इंटेंसिव रिभीजन)-सित सम्बन्धित कागजपत्र देखाउने बहानामा युवकलाई बोलाइयो अनि पछि हत्या गरियो।
शनिवार बिहान पुलिसले बतायो, जाँच अवधि पुलिसले नासिरको मोटरसाइकललाई जफत गऱ्यो। पछि पुलिसले बीएलओ रिजवान हसन मण्डललाई स्वरूपनगरको तेतुलिया क्षेत्रबाट तथा उसका सहयोगी सागर गाइनलाई रामपुरहाटबाट पक्राउ गरी पुलिस रिमाण्डमा लियो। जाँचबुझमा आरोपीहरूले हत्याको कुरा स्वीकार गरे जसपश्चात उनीहरूले बताए अनुरूप गए शुक्रवार अबेर राती तीन वटा नहरहरूबाट शवका टुक्राहरूलाई उद्धार गरियो। पुलिस अग्रिम जाँचमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा