शिवरात्रिको बिहान सड़क दुर्घटना, जीप सड़कदेखि तल झरेर तीन जना युवकहरूको मृत्यु
शिवरात्रिको बिहान सड़क दुर्घटना, जीप सड़कदेखि तल झरेर तीन जना युवकहरूको मृत्यु


शिमला, 15 फरवरी (हि.स.)। हिमाचल प्रदेशको मण्डी जिल्लास्थित सराज विधानसभा क्षेत्रमा आइतवार सबेरै भएको एक सड़क दुर्घटनाले सम्पूर्ण क्षेत्रलाई शोकमा डुबायो। शिवरात्रि पर्वको बिहान भएको यस दुर्घटनामा 19 वर्षीय ऋतिक ठाकुर, 17 वर्षीय सुनिल र 18 वर्षीय ईशानको मृत्यु भयो भने 18 वर्षीय कुशाल गम्भीर रूपमा घाइते भए जसको उपचार नेरचौकस्थित मेडिकल कलेजमा भइरहेको छ।

पुलिस अनुसार यो दुर्घटना बिहान लगभग 4 बजी लम्बाथाच-कलहनी सड़कमा लम्बाथाचदेखि लगभग 6 किलोमीटर टाड़ामा भएको हो। जीप (एचपी 65 5148)-मा चार जना युवकहरू सवार थिए। अचानक वाहन अनियन्त्रित भएर सड़कदेखि तल झऱ्यो। यस घटनामा दुईजना युवकहरूको घटनास्थलमै मृत्यु भयो भने तेस्रो युवकको अस्पतालमा उपचारको क्रममा मृत्यु भयो। सबै युवकहरू सराजको कोलोधार तथा वरपर क्षेत्रका निवासी थिए।

घटनाको सूचना पाउनसाथ स्थानीय मानिसहरू, पुलिस एवं प्रशासनका टीमहरू तत्कालै घटनास्थलमा पुगेर राहत अनि बचाउ कार्यमा जुटे। कड़ा परिश्रमपछि घाइते अनि मृतकहरूको शवलाई बाहिर निकालियो। त्यसपछि घाइते युवकलाई तुरून्तै अस्पतालमा पुऱ्याइयो जहाँ उसको उपचार भइरहेको छ। मृतकहरूको शवलाई पोस्टमर्टम गर्नको लागि पठाइएको छ। आवश्यक कानूनी औपचारिकता पूरा गरिँदैछ।

मण्डीका पुलिस अधीक्षक विनोद कुमारले बताए, प्रारम्भिक जाँचमा वाहन अनियन्त्रित भएर झरेको बताइएको छ। तथापि दुर्घटनाको वास्तविक कारण पत्तो लगाउन विस्तृत तकनिकी जाँच एवं प्रत्यक्षदर्शीहरूको बयानपछि मात्र थाहा पाइनेछ। पुलिसले मामिला दर्ता गरी जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande