साहित्यकार तारेन चन्द्र बोडोको निधनमा असम भाजपाद्वारा दुःख व्यक्त
साहित्यकार तारेन चन्द्र बोडोको निधनमा असम भाजपाद्वारा दुःख व्यक्त


गुवाहाटी, 15 फरवरी (हि.स.)। असमका चर्चित लेखक, बोड़ो साहित्य सभाका पूर्व अध्यक्ष, सोशल अर्गनाइजर तथा साहित्य अकाडमीका बोडो एडभाइजरी बोर्डका संयोजक तारेन चन्द्र बोडोको निधनमा भारतीय जनता पार्टी (भाजपा)- को प्रदेश एकाईले गहिरो दुःख व्यक्त गरेको छ। भाजपाले एक बयान जारी गरी भनेको छ, उनको निधनले असमको सामाजिक जीवन र असमिा भाषा एवं साहित्यको क्षेत्रमा एउटा यस्तो क्षति भएको छ जसलाई पूर्ण गर्न सकिँदैन।

भाजपाले आफ्नो बयानमा भनेको छ, बोड़ो समुदायको लागि एकजना मार्गदर्शक, सामाजिक प्रगतिमा उनको महान योगदानलाई सदैव सम्मान अनि आभार पूर्वक स्मरण गरिनेछ।

स्मरण गराइन्छ, दिवंगत साहित्यकारको अन्तिम संस्कार आज बिहान गुवाहाटीको नवग्रह श्मशान घाटमा राजकीय सम्मानको साथमा गरियो। पार्टीले दिवंगत आत्माको शान्तिको लागि प्रार्थना गरेको छ अनि दुःखी परिवारप्रति गहिरो संवेदना व्यक्त गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande