धोलाईमा 1.1 लाख याबा ट्याबलेट जफत, मुख्ययमन्त्रीले असम पुलिसको प्रशंसा गरे
धोलाईमा 1.1 लाख याबा ट्याबलेट जफत, मुख्ययमन्त्रीले असम पुलिसको प्रशंसा गरे


कछार (असम), 15 फरवरी (हि.स.)। असम पुलिसद्वारा संचालित व्यापक एन्टी ड्रग्स अभियान अन्तर्गत कछार जिल्लाको धौलाई पुलिस स्टेशन अन्तर्गत 01 लाख 10 हजार याबा ट्याबलेट जफत गरियो। उक्त ट्याबलेटलाई एउटा ट्रकबाट जफत गरिएको हो। यस मामिलामा दुईजना मानिसहरूलाई पक्राउ गरिएको छ।

मुख्यमन्त्री हिमन्त बिस्वा सरमाले सोशल मीडिया एक्समा एउटा पोस्ट शेयर गर्दै पुलिस फोर्सको प्रयासको प्रंशा गरे। आफ्नो पोस्टमा उनले लेखेका छन्, सबै ट्याबलेट्सले स्वस्थ मात्र बनाउँदैन लोभ्याउँछ पनि अनि हामी यो पक्का गर्छौं कि यस्ता ट्याबलेटहरूलई आउन दिनेछैनौं।

अधिकारीहरू अनुसार यो कन्साइनमेन्ट विशेष इन्टिलिजेन्स इनपुटमाथि काम गर्ने क्रममा धौलाई पुलिसको एक टारगेटेड अपरेशन अवधि जफत गरिएको हो। जफत गरिएको याबा ट्याबलेट जुन मेथामफेटामाइन-बेस्ड नशालु औषधि हो, राज्य सरकारको ड्रग्स तस्करीमाथि तीव्र कारबाहीको एक भाग हो।

मुख्यमन्त्रीले वर्तमानमा जारी असम अगेन्स्ट ड्रग्ग क्याम्पेन अन्तर्गत नशालु औषधिहरूविरूद्ध सरकारको जीरो टरलेन्स पोलिसीलाई बारमम्बार दोहोऱ्याएका छन् जसकारण हालका वर्षहरूमा राज्यभरि नै धेरैवटा जफती र पक्राउ भइसकेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande