मुख्यमन्त्रीले गुवाहाटीको लागि पनि केही परियोजनाहरूको घोषणा गरे
मुख्यमन्त्रीले गुवाहाटीको लागि पनि केही परियोजनाहरूको घोषणा गरे


गुवाहाटी, 15 फरवरी (हि.स.)। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले राज्यका अन्य भागहरूको लागि केही वृहत विकासमूलक परियोजनाहरूको घोषणा गरे भने अर्कोतिर राजधानी गुवाहाटी र वरपरका क्षेत्रहरूको लागि पनि यातायातसित सम्बन्धित केही परियोजनाहरूको घोषणा गरे। साथै शिलान्यास पनि आगामी दिनमा गरिने जानकारी दिए।

मुख्यमन्त्रीले आइतवार लोकसेवा भवनमा आयोजित सम्वाददाता सम्मेलनमा भने, गुवाहाटी हवाईअड्डादेखि जालुकबाड़ीसम्म एलिभेटेड कोरिडोर बनाइनेछ। साथै बाइहाटा चारालीदेखि दिसपुरसम्म फोलेन मार्ग निर्माण हुनेछ। यसको साथै गुवाहाटी रिंग रोड र काजीरंगा एलिभेटेड कोरिडोरलाई पनि स्वीकृति दिने कुरा गरे। डा. हिमन्त बिस्व सरमाले बताए, 14 हजार कड़ोरको लागत भएको हाइहाटा- तेजपुरसित जोड़िएको फोरलेन सड़क मार्ग बन्नेछ भने जागीरोड-उदालगुड़ीसित जोड़िएको नयाँ राष्ट्रिय हाइवेको पनि निर्माण हुनेछ। 500 मीटरको दूरत्वमा रेल-यान-वाहन मार्गमा सम्पर्क हुनेछ यसको साथै राज्यमा नयाँ चार वटा हवाईअड्डा स्थापना गरिनेछ जसमा डिफू, मजुली, उमरांग्सू र मनाह सामेल छन्। नयाँ हवाईअड्डाहरूको लागि सर्वेक्षण शुरू गरिनेछ। अर्कोतिर फरकाटिंगदेखि गहपुरलाई जोड़्ने नयाँ रेल लाइन बनाइनेछ। आगामी दिनमा काम शुरू हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande