
गुवाहाटी, 15 फरवरी (हि.स.)। असमका राज्यपाल लक्ष्मण प्रसाद आचार्य आइतवार आर्य समाजको 150औं स्थापना दिवस समारोहमा सामेल भए अनि भारतको सभ्यताको धरोहर तथा आर्य समाजको सुधारवादी धरोहरमाथि बल दिए।
स्थापना दिवसमा आर्य समाजलाई बधाई दिँदै राज्यपालले ऋग्वेदको सन्देश- “संगच्छध्वं संवदध्वं सम वो मनमसि जानताम्”- को उल्लेख गरे जसको अर्थ हो- आउनुहोस् हामी सँगै हिँड़ौं, सँगै सोचौं र समाजको भलाईको लागि मिलेर काम गरौं। उनले भने, यो समारोहले एकता र मिलेर अगाड़ि बढ़्ने वैदिक भावनालाई दर्शाउँछ।
लक्ष्मण प्रसाद आचार्यले भने, भारत जो दुनियाँकै सबैभन्दा पुरानो जीवित सभ्यताहरूमध्ये एक हो,-ले सदैव ज्ञान, दया र धर्मको माध्यमबाट मानवालाई मार्गदर्शन गर्दै आएको छ। यस्तो समयमा जतिबेला समाज अन्धविश्वास, सामाजिक असमानता र बौद्धिक ठहराउको बोझले थिचिएको थियो, स्वामी दयानन्द सरस्वती आउनु भारतको सामाजिक र बौद्धिक जागृतिमा एउटा महत्वपूर्ण मो़ड़ थियो।
प्रधानमन्त्री नरेन्द्र मोदीलाई आधार मान्दै राज्यपालले भने, भारतको साँचो शक्ति यसको संस्कृति, मूल्य एवं जागरूक नागरिकहरूमा निहीत छ। आर्य समाजले 150 वर्षको यस चेतानलााई पोषित गरेको छ। उनले भने, महिलाहरूको सशक्तिकरण, स्थिरता र सामाजिक सुधारमा आधुनिक पहलले स्वामी दयानन्दको भिजनको स्थायी प्रभावलाई दर्शाउँछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा