
गुवाहाटी, 15 फरवरी (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले केन्द्रबाट स्वीकृत 18,662.02 कड़ोर रुपियाँको गोहपुर-नुमालीगढ़ रेल-कम-रोड अण्डरवाटर टनल प्रोजेक्टमाथि आइतवार एउटा पूर्ण प्रेजेन्टेशन दिए अनि यसलाई “असमको लागि एउटा ठूलो जीत” तथा राज्यको लागि एउटा ठूलो परिवर्तन ल्याउने इञ्जीनियरिंग माइलस्टोन बताए।
लोकसेवा भवनमा आयोजित सम्वाददाता सम्मेलनमा मुख्यमन्त्रीले भने, यो प्रोजेक्ट जसलाई केन्द्र सरकारले पहिला नै स्वीकृति दिसकेको छ, भारतको पहिलो रेल-कम-रोड अण्डरवाटर टनल हुनेछ, ब्रह्मपुत्रमा चौथो रेल-कम-रोड क्रसिंग हुनेछ अनि जर्मनी र डेनमार्कबीच फेहमर्नबेल्ट लिंकपछि दुनियाँको दोस्रो यस्तो प्रोजेक्ट हुनेछ।
यो कोरिडोर 33.7 किमीको छ जसले एनएच-15 (उत्तरी किनार)-मा गोहपुरलाईएनएच-715 (दक्षिणी किनार) -मा नुमालीगढ़सित जोड़्छ। यसमा 15.79 किमीको अण्डरवाटर टनल र 17.91 किमीको अप्रोच रोड हुनेछ जुन गोहपुर तिरबाट 10.15 किमी र नुमालीगढ़ तिरबाट 7.76 किमीको अप्रोच रोड हुनेछ। यसलाई बनाउने समय पाँच वर्ष तय गरिएको छ।
यसको अनुमानित लागत 11,982.36 कड़ोर रुपियाँ रहेको छ भने मोठ क्यापिटल कस्ट 18,662.02 कड़ोर रुपियाँ छ। यो लागत मिनिस्ट्री अफ रोड ट्रान्सपोर्ट एण्ड हइवेज र मिनिस्ट्री अफ डिफेन्सबीच 80 : 20- को अनुपातमा शेयर गरिनेछ। असम सरकारले बनाउने लागतमा एसजीएसटीको 50 प्रतिशत जुन लगभग 539 कड़ोर रुपियाँ हुनेछ, वहन गर्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा