
मेदिनीपुर, 15 फरवरी (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको केशियाड़ी क्षेत्रमा गए शनिवार साँझ भाजपाका राज्य नेतृत्वको कार्यक्रममा पार्टीभित्र असन्तोष खुलेर बाहिरियो। राज्य भाजपाका उपाध्यक्ष तथा मेदिनीपुर संगठनात्मक जिल्लाका प्रभारी राजू बन्द्योपाध्यायलाई कार्यकर्ताहरूको एक वर्गको विरोधको सामना गर्नुपऱ्यो।
जानकारी अनुसार केशियाड़ीको नछिपुर क्षेत्रमा पार्टीको ‘गृह सम्पर्क अभियान’- मा भाग लिन आएका राजु बन्द्योपाध्यायको वाहनलाई केही स्थानीय भाजपा कार्यकर्ताहरूले घेरेर विरोध प्रदर्शन गरे। कार्यकर्ताहरूको आरोप थियो, उनीहरू पछिल्लो लामो समयदेखिकै पार्टीको निम्ति सक्रिय छन् र तृणमूल कंग्रेस विरूद्ध संघर्ष गरेको कारण धेरैवटा मुद्दाहरूको सामना गर्न परिरहेको छ तथापि क्षेत्रमा आयोजित बैठकको सूचना उनीहरूलाई दिइएन।
विरोध गर्ने कार्यकर्ताहरूको भनाइ थियो, विधानसभा चुनाउपूर्व पार्टीभित्र गुजबाजी बढ़िरहेको छ र धरातलीय स्तरमा काकर्य गर्नेहरूको उपेक्षा गरिरहेको छ। पूर्व बूथ अध्यक्ष बसुदेव सिंहले आरोप लगाए, राज्य नेतृत्वले स्थानीय कार्यकर्ताहरूलाई विश्वासमा नलिई कार्यक्रम गरिरहेको छ जसबाट असन्तोष बढ़िरहेको छ।
यस घटनाक्रममा राजू बन्द्योपाध्यायको पक्षबाट कुनै आधिकारिक प्रतिक्रिया प्राप्त भएको छैन। जिल्ला भाजपा नेतृत्वले पनि यस सम्बन्धमा सार्वजनिक रूपमा केही भनेको छैन।
यता तृणमूल कंग्रेसका केशियाड़ी विधायक परेश मुर्मूले भाजपामाथि कटाक्ष गर्दै भने, पार्टीभित्र नै एकजुटता छैन, राज्यमा सत्तामा आउने दाबी गर्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा