दिल्ली विधानसभा अध्यक्षले विभिन्न सदन समितिहरूका सदस्यहरूलाई परामर्श जारी गरे
दिल्ली विधानसभा अध्यक्षले विभिन्न सदन समितिहरूका सदस्यहरूलाई परामर्श जारी गरे


नयाँ दिल्ली, 15 फ़रवरी (हि.स.)। दिल्ली विधानसभाका अध्यक्ष विजेन्द्र गुप्ताले आइतवार आठौं विधानसभाका विभिन्न सदन समितिहरूमा कार्यरत सदस्यहरूलाई परामर्श जारी गर्दै भने, सदन समितिहरू विधायी निगरानीका सशक्त औ कार्यशील आधारशिला हुन्। उनीहरूको प्रभावशीलता सदस्यहरूको गम्भीरता, नियमित सहभागिता तथा सामूहिक विवेक औ प्रतिबद्धतामाथि निर्भर गर्दछ।

अध्यक्षले विभिन्न सदन समितिहरूमा कार्यरत सबै सदस्यहरूलाई नियमित उपस्थिति तथा सक्रिय सहभागिता सुनिश्चित गर्ने आग्रह गरेका छन्। परामर्शमा यस कुरामाथि बल दिइएको छ, समितिहरूले शासन, प्रशासनिक कार्यप्रणाली तथा लोक जवाफदेहीसित सम्बन्धित विषयहरूको जाँचमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन्। अध्यक्षले उल्लेख गरे, समितिहरूमा सार्थक सहभागिता संस्थागत कार्यप्रणालीलाई सुदृढ़ बनाउँछ।

अध्यक्षले आफ्नो पत्रमा रेखांकित गरेका छन्, समितिको कारबाही अवधि सम्बन्धित विभागका वरिष्ठ अधिकारीहरूको उपस्थिति प्राय नै आवश्यक हुन्छ ताकि उनीहरूले प्रस्तुतिकरण दिन सकुन् अनि विचाराधिन विषयहरूमा प्रासंगिक तथ्यात्मक जानकारी उपलब्ध गराउन सकुन्। वरिष्ठ अधिकारीहरूको सहभागिताबाट ठोस एवं सारगर्भित चर्चा सम्भव हुन्छ तथा निर्णय प्रक्रियामा तीव्रता आउँछ।

यस सम्बन्धमा सामान्य प्रशासन विभागद्वारा सबै प्रशासनिक सचिवहरूलाई एक परिपत्र जारी गर्ने निर्देश दिइएको छ कि उनीहरू विधानसभा सचिवालयद्वारा बोलाइएको खण्डमा सदन समितिहरूको बैठकमा अनिवार्य रूपमा उपस्थित होउन्। अपरिहार्य परिस्थितिमा विषयसित पूर्णतः अवगत कुनै उपयुक्त वरिष्ठ अधिकारीलाई पूर्व स्वीकृतिको साथमा नामित गर्न सकिन्छ ताकि कारबाही सुचारू रूपमा संचालन हुन सकोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande