
गुवाहाटी, 15 फरवरी (हि.स.)। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले कंग्रेस सांसद गौरव गोगोईमाथि चर्को प्रहार गर्दै भनेए गोगोई भारतको सुरक्षा व्यवस्था र रणनीतिक तयारीहरूलाई बुझ्नमा असमर्थ छन्। मुख्यमन्त्रीले गए राती एक कार्यक्रममा सामेल भएपछि पत्रकारहरूसित बातचित गरिरहेका थिए।
मुख्यमन्त्रीले मोरानमा वायुसेनाका तयारीहरूको परिप्रेक्ष्यमा गोगोईको कथित टिप्पणीमाथि प्रतिक्रिया व्यक्त गर्दै भने, भारत अनि असमको सुरक्षा हितहरूसित कुनै सरोकार नभएका व्यक्तिहरूले राष्ट्रिय सुरक्षाको गम्भीरतालाई बुझ्दैनन्। उनले भने, देशका रक्षा तयारीहरू राष्ट्रिय हित एवं पेशागत मूल्यांकनको आधारमा तय हुन्छ, राजनीतिक बयानबाजीबाट होइन।
डा. सरमाले यो पनि भने, समुचित जानकारी नभई भारतीय वायुसेनाको परिचालन क्षमतामाथि प्रश्न उठाउनु अजिम्मेवारीपूर्ण कृत्य हो। उनले जनप्रतिनिधिहरूसित राष्ट्रिय सुरक्षा जस्ता संवेदनशील मुद्दाहरूमा संयम अप्नाउने अपील समेत गरे।
हिन्दुस्थान समाचार / बिशाल