
कटवा, 15 फरवरी (हि. स.)। पूर्वी रेलवेको कटवा रेलवे स्टेशनस्थित प्लेटफर्म संख्या-2 मा आइतवार सबेरै एउटा खाली ऱ्याकमा आगो लाग्यो। आगलागीको घटनापछि कोकोहोलो मचियो। तथापि समयमै आगोलाई नियन्त्रण गर्न सफल भएको कारणले कुनै प्रकारको जनहानि भएको सूचना प्राप्त भएको छैन। रेल सेवाहरू पनि सामान्य रूपमा संचालन भइरहेका छन्।
प्राप्त जानकारी अनुसार आइतवार भोर बिहान 04:50 बजी एक अज्ञात यात्रीले प्लेटफर्ममा खड़ा खाली ऱ्याकबाट धुँवा निक्लिरहेको देखे जसको सूचना रेलवे कर्मीहरूलाई दिइयो। सूचना पाएर कटवा जीआरपीका अधिकारीहरू घटनास्थलमा पुगे अनि तत्काल अग्निशमन विभागलाई सूचित गरे।
लगभग बिहान 5 बजे कटवाबाट दमकलका दुई वटा वाहनहरू घटनास्थलमा पुगेर आगो निभाउन जुटे। दमकल कर्मीहरूको तत्परताले आगोलाई चाँड़ै नियन्त्रणमा लिइयो जसबाट ठूलो दुर्घटना हुनदेखि बच्यो।
रेलवे हावड़ा जीआरपीका एसआरपी आईपीएस इन्द्रजित बसुले आइतवार बिहान सम्पूर्ण मामिलाको आधिकारिक रूपमा जानकारी गराउँदै भने, घटनालाई गम्भीर रूपमा लिइएको छ र जीआरपीले आवश्यक कारबाही गरिरहेको छ। आगलागीको कारण पत्तो लगाउन जाँच शुरू गरिएको छ। रेल प्रशासनले स्पष्ट पारेको छ, यस घटनाबाट रेल परिचालन प्रभावित भएन, सबै रेल सेवाहरू सामान्य रूपमा जारी छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा