
नयाँ दिल्ली, 15 फरवरी (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति सीपी राधाकृष्णन र केन्द्रिय गृह तथा सहकारिता मन्त्री अमित शाहले आइतवार राष्ट्रलाई महाशिवरात्रिको शुभकामना दिए।
राष्ट्रपति मुर्मुले एक्समा भनेकी छन्, महाशिवरात्रिको शुभ अवसरमा म मेरा सबै देशवासीहरूलाई हार्दिक बधाई र शुभकामना व्यक्त गर्दछु। म प्रार्थना गर्दछु कि महादेवको आशीर्वाद हामी सबैमाथि रहोस् र हाम्रो देशले निरन्तर प्रगति गरिरहोस्।
उपराष्ट्रपति राधाकृष्णनले भने, काशीदेखि रामेश्वरमसम्म महाशिवरात्रिको यो पवित्र पर्व भारतको अटूट र शाश्वत आध्यात्मिक परम्पराको जीवन्त प्रतीक हो। महादेव र माता पार्वतीको आशीर्वादले हामी सबैलाई सुख, समृद्धि र सुस्वास्थ्य प्रदान गरून्।
केन्द्रिय गृहमन्त्री अमित शाहले भने, यस पावन अवसरमा देवाधिदेव महादेवले सबैको जीवनमा सुख-समृद्धि प्रदान गरून्।
केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नड्डाले भने, म सबैको कल्याण र राष्ट्रको सुख र समृद्धिको लागि भगवान शिवसित प्रार्थना गर्दछु।
रक्षामन्त्री राजनाथ सिंहले भने, यस शुभ अवसरमा म कोइम्बटूरको ईशा योग केन्द्रमा महाशिवरात्रि समारोहमा भाग लिनेछु। म यसको उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेको छु।
केन्द्रिय संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावतले भने, म सबैको कल्याण र राष्ट्रको समृद्धिको लागि भगवान शिवसित प्रार्थना गर्दछु।
केन्द्रिय कपड़ा मन्त्री गिरिराज सिंहले भने, यो केवल व्रत, उपवास वा पूजाको रात होइन; यो आत्माको लागि शिवत्वसित साक्षात्कार गर्ने अवसर हो। यो अन्तर्मनका अशुद्धिहरूलाई त्यागेर तप, त्याग र सत्यको मार्गमा अगाड़ी बढ्ने संकल्प हो।
हिन्दुस्थान समाचार / भवानी थामी