
कोलकाता, 15 फरवरी (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले आइतवार संगीत जगतका तीन दिग्गज हस्तिहरू क्रमैले प्रतुल मुखोपाध्याय, बप्पी लाहिड़ी औ सन्ध्या मुखोपाध्यायको पुण्यतिथिमा उनीहरूलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिन्। मुख्यमन्त्रीले सोशल मीडिा मञ्च ‘एक्स’-मा भिन्न-भिन्न पोस्टको माध्यमबाट आफ्नो विचार साझा गरिन्।
मुख्यमन्त्रीले प्रख्यात गायक औ गीतकार प्रतुल मुखोपाध्यायलाई स्मरण गर्दै भनिन्, ‘म बंगलामा गाना गाउँछु’ जस्ता उनका धेरै वटा गीतहरू बंगालका मानिसहरूको स्मृतिमा सदैव जीवन्त रहनेछन्। उनले भनिन्, बंगाली संगीतमा उनको असाधारण योगदानको लागि राज्य सरकारले उनलाई ‘बंगविभूषण’ सम्मानद्वारा सम्मानित गरेको थियो जसमाथि उनलाई गर्व छ। ममता ब्यानर्जीले प्रतुल मुखोपाध्यायसित आफ्नो लामो व्यक्तिगत सम्बन्धलाई उल्लेख गर्दै भनिन्, सामाजिक संघर्षहरूमा उनले सदैव उनको साथ पाइन्।
मुख्यमन्त्रीले भारतीय संगीत जगतका चर्चित संगीतकार औ गायक बप्पी लाहिड़ीको पुण्यतिथिमा पनि उनलाई नमन गरिन्। उनले भनिन्, बाप्पी लाहिड़ीलाई ‘बंगविभूषण’ सम्मान प्रदान गरेर राज्य सरकारलाई गर्व महसूस भयो।
यस अतिरिक्त बंगाली संगीतकी महान गायिका सन्ध्या मुखोपाध्यायको पुण्यतिथिमा श्रद्धाञ्जली अर्पण गर्दै मुख्यमन्त्रीले भनिन्, उनको अद्वितीय आवाज आज पनि बंगालीहरूको भावना अनि स्मृतिमा आलै छ। उनले भनिन्, सन्ध्या मुखोपाध्यायलाई ‘बंगविभूषण’ सम्मानले सम्मानित गर्नु राज्य सरकारको लागि गर्वको विषय हो।
मुख्यमन्त्रीले भावुक शब्दहरूमा भनिन्, सन्ध्या मुखोपाध्याय एक जना महान कलाकार मात्र थिइनन्, निजी जीवनमा उनी उनकी दिदी जस्तै थिइन्- एक जना भरोसायोग्यको सहारा तथा स्नेहको श्रोत। उनीसित बिताएका पल तथा लामो बातचित आज पनि उनका स्मृतिहरूमा जीवित छ। ममता ब्यानर्जीले भनिन्, सन्ध्या मुखोपाध्याय बंगाली संगीतको आकाशमा ध्रूवतारा जस्तै चम्की रहे पनि उनको लागि उनलाई सदैव एकजना प्रिय व्यक्तिको रूपमा स्मरण गरिनेछ जसको अभाव कहिल्यै पूरा हुन सक्दैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा