सुसाइड नोट लेखेर व्यक्तिले महानन्दा क्यानलमा हाम फाल्यो, क्षेत्रमा हलचल
सुसाइड नोट लेखेर व्यक्तिले महानन्दा क्यानलमा हाम फाल्यो, क्षेत्रमा हलचल


सिलगढ़ी, 15 फरवरी (हि. स.)। सिलगढ़ी महकुमाको फाँसीदेवास्थित काशिराम क्षेत्रमा एकजना व्यक्तिले सुसाइड नोट लेखेर महानन्दा क्यानलमा आइतवार बिहान हाम फाल्यो। यस घटनापछि क्षेत्रमा व्यापक खैलाबैला मचियो। मृतकको पहिचान मिलनपल्ली निवासी मनोज डालमिया (48)- को रूपमा भएको छ।

जानकारी अनुसार डालमिया स्कुटी मार्फत काशिराम आए अनि नहर किनारमा वाहनलाई राखेर सुसाइड नोट लेखेपछि हाम फाले। नोटमा उनले आफ्नी बहिनीको लागि न्यायको माग गरेका छन्। सूचना पाउनसाथ फाँसीदेवा पुलिस थानाको टीम घटनास्थलमा पुग्यो। पछि आपदा प्रबन्धन दललाई पनि बोलाइयो जो उक्त व्यक्तिको खोजीमा जुटेको छ। पुलिसले मामिलाको विस्तृत जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande