मानव उत्थान सेवा समिति खरसाङद्वारा नशा उन्मूलन यात्रा
Anti drug rally


खरसाङ, 15 फरवरी (हि.स.)। महाशिवरात्रीको अवसरमा मानव उत्थान सेवा समिति खरसाङ तहसिलद्वारा आइतवार बिहान खरसाङ शहरमा नशा उन्मूलन यात्राको आयोजना गरियो। मानव धर्मका संस्थापक तथा प्रणेता श्री सतपालजी महाराजको प्रेरणाद्वारा समितिले प्रति वर्ष नै महाशिवरात्रिको अवसरमा देशव्यापी नशा उन्मूलन यात्राहरू सम्पन्न गर्दै आइरहेको छ, जसको उद्देश्य गाउँ, समाज अनि देशलाई नशादेखि उन्मुक्त गर्न युवाहरूमा सचेतना फैलाउनु हो।

खरसाङ तहसिल प्रभारी महात्मा श्री असीमा बाईजी अनि सहयोगी महात्मा श्री प्रभा बाईजीले अगुवाई गरेको उक्त नशा उन्मूलन यात्रा खरसाङ रेलवे स्टेशनदेखि आरम्भ भएर खरसाङ बजारको परिक्रमा गरी रेलवे स्टेशनमा नै समापन भयो। उक्त यात्रामा खरसाङ लगायत बालासन अनि दुधे शाखाका बाल सभा, युवा अनि अन्य वरिष्ठ सदस्यहरूले भाग लिएका थिए।

यात्राको समापनमा महात्मा श्री असीमा बाईजीले आफ्नो सम्बोधनमा भनिन्, भगवान शिवले सारा सृष्टिको रक्षा हेतु समुद्र मन्थनबाट निस्केको हलाहल विष आफ्नो कण्ठमा धारण गरेका थिए, जसले गर्दा हामी भगवान शिवलाई नीलकण्ठको नामले पुकार्दछौँ। समयका सदगुरूले पनि आज विश्वमा आत्मज्ञानको अमृत छरेर सारा विश्वलाई शान्ति, समृद्धि अनि सद्भावनाको बाटोमा दोहोऱ्याई रहनु भएको छ।

उनले अझ भनिन्, युवा पुस्ता नशाको कुलतमा फँसेको खण्डमा आफ्नो जीवन संगसंगै घर अनि समाज पनि तहस नहस भएर जानेछ। यस कारण सबैले अध्यात्मको बाटो अपनाउनु आवश्यक छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande