
इम्फाल, 15 फरवरी (हि.स.)। मणिपुरमा सुरक्षा बलहरूले जिल्लाका सीमावर्ती तथा संवेदनशील क्षेत्रहरूमा खोजी अभियान तथा क्षेत्र प्रभुत्व जारी राखेका छन्। राज्यका भिन्न-भिन्न भागहरूमा भएको खोजी अभियानमा अंग्रेजी मदिरा जफत गरिएको छ भने अर्कोतिर दुई जना महिला मोबाइल चोरहरूलाई पक्राउ गरिएको छ।
मणिपुर पुलिस मुख्यालयले आइतवार बतायो, सुरक्षा बलहरूले सीमावर्ती तथा संवेदनशील क्षेत्रहरूमा खोजी अभियान संचालन गर्दै गए शनिवार राष्ट्रिय राजमार्ग-37 मा आवश्यक वस्तुहरू लादिएका 176 वाहनहरूको आवागमन सुनिश्चित गरेका छन्। संवेदनशील स्थानहरूमा सुरक्षाको कड़ा व्यवस्था गरिएको छ भने वाहनहरूको स्वतन्त्र तथा सुरक्षित आवागमन सुनिश्चित गर्नका लागि संवेदनशील क्षेत्रहरूमा सुरक्षा एस्कर्ट प्रदान गरिएको छ।
यसबीच मणिपुर पुलिसले इम्फाल पश्चिम जिल्लाको सेकमाई थाना अधिकार क्षेत्रबाट भारी मात्रामा अवैध रूपमा जमा गरेर राखिएको अंग्रेजी मदिरालाई जफत गऱ्यो जसमा बियरको 35 क्यान, एमसी डवेल नम्बर 1 (750 एमएल) -को 02 बोतल, ओल्ड मोंकको 11 बोतल (180 एमएल), ओल्ड मोंकको 04 बोतल (375 एमएल), 01 बोतल शिका ब्लू (180 एमएल) औ 02 बोतल एमसी डोवेल्स नम्बर 1 (375 एमएल) सामेल छन्।
एक अन्य अभियानमा मणिपुर पुलिसले सेनापति जिल्लाको सेनापति, इम्फाल र सेनापति थाना क्षेत्रका अन्य ठाउँहरूमा मोबाइल चोरी, साइबर फ्रड र त्योसित सम्बन्धित अपराधहरूमा सामेल दुईजना महिलाहरूलाई पक्राउ गरेको छ जसको पहिचान थिंग्बा खुनौ गाउँकी लिनाई मर्सी (19) र फुबा खुमान गाउँकी सिप्फीने (18)- को रूपमा गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा