जलपाईगुड़ी–सिलगढ़ी राष्ट्रिय राजमार्गमा फ्लाइओभर मुनि युवकको शव भेटियो
जलपाईगुड़ी–सिलगढ़ी राष्ट्रिय राजमार्गमा फ्लाइओभर मुनि युवकको शव भेटियो


जलपाईगुड़ी, 15 फरवरी (हि. स.)। जलपाईगुड़ी-सिलगढ़ी राष्ट्रिय राजमार्गमा गौरीहाट क्षेत्र स्थित एक फ्लाइओभर मुनि आइतवार सबेरै एक जना युवकको रगताम्मे शव भेटियो। मृतकको पहिचान राज थापा (36)- को रूपमा भएको छ जो जलपाईगुड़ीको नयाँबस्ती क्षेत्र निवासी रहेको बताइएको छ। राजेश थापा पेशाले सिभिल इञ्जीनियर थिए र उनका पिता पुलिस विभागमा कार्यरत थिए।

प्राप्त जानकारी अनुसार थापा बाइक मार्फत सिलगढ़ीदेखि जलपाईगुड़ी फर्किरहेका थिए। आइतवार भोर बिहान लगभग 4 बजी फ्लाइओभरको माथि उनको बाइकलाई बेवारिसे पाइयो जसपश्चात तलतिर खोज तलास गर्दा उनको शव पनि भेटियो।

स्थानीय सूत्र अनुसार फ्लाइओभरको माथि सड़क किनारमा एउटा मोटरसाइकल बेवारिसे अवस्थामा भेटियो भने युवकको शव लगभग नौ फुट तल लड़ेको थियो।

घटनाको सूचना पाउनसाथ पुलिसले घटनास्थलमा पुगेर शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदियो। प्रारम्भिक अनुमानमा पछिबाट कुनै द्रूत गतिको वाहनले ठक्कर दिएको हुनसक्छ जसबाट सन्तुलन बिग्रिएर युवक फ्लाइओभरदेखि तल झऱ्यो जसबाट तिनको घटनास्थलमै मृत्यु भयो। तथापि यो घटना दुर्घटना थियो वा अन्य कुनै कारण हो यसको जाँच गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande