ग्वालपाड़ाको मटियामा पानीमा डुबेर तीन जना नानीहरूको मृत्यु
ग्वालपाड़ाको मटियामा पानीमा डुबेर तीन जना नानीहरूको मृत्यु


ग्वालपाड़ा, 15 फरवरी (हि.स.)। असमको गोलपाड़ा जिल्ला अन्तर्गत मटिया क्षेत्रमा गए शनिवार साँझ एक जलाशयमा डुबेर तीनजना अबोध नानीहरूको पीड़ादायी मृत्यु भयो। घटनापछि सम्पूर्ण क्षेत्रमा शोक फैलिएको छ।

मृतकहरूको पहिचान जानिब संगमा (6), नेहा संगमा (3) र आयुस मराक (4)- को रूपमा भएको छ जसमध्ये जानिब संगमा र नेहा संगमा सगे आफ्नै दाज्यु-बहिनी थिए।

स्थानीय सूत्र अनुसार यी नानीहरू खेल्दै गर्दा नजिकैको एउटा जलाशयमा डुबे। घटना बारे जानकारी पाउनसाथ वरपरका मानिसहरूले घटनास्थलमा पुगेर नानीहरूलाई बाहिर निकाले, तर त्यसबेलासम्ममा सबैको मृत्यु भइसकेको थियो।

पुलिसले मामिला दर्ता गरी जाँच शुरू गरेको छ। अर्कोतिर तीनै परिवारको रोएर बेहाल भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande