टलीगञ्जस्थित अभिजात आवासमा आगलागी, फिल्मी ताराहरू डरले तल झरे
टलीगञ्जस्थित अभिजात आवासमा आगलागी, फिल्मी ताराहरू डरले तल झरे


कोलकाता, 15 फ़रवरी (हि. स.)। महानगर कोलकातामा फेरि एकपटक आगलागीको ठूलो घटना सामु आएको छ। टलीगञ्जस्थित अभिजात आवास डायमण्ड सिटीको टावर-(दुई) -मा आइतवार बिहान अचानक आगो लाग्यो। सूचना पाउनसाथ दमकल विभागका चार वटा वाहनहरू घटनास्थलमा पुगेर राहत अनि बचाउ कार्यमा जुटे।

प्राप्त जानकारी अनुसार आगौ चौथो तलामा लागेको थियो। प्राथमिक रूपमा शर्ट सर्किटको कारणले आगो लागेको हुनसक्ने अनुमान लगाइएको छ। आगो लाग्दा फ्ल्याटमा मानिसहरू उपस्थित थिएनन्। सतर्कतास्वरूप सम्पूर्ण परिसरका निवासीहरूलाई सुरक्षित स्थानमा लगियो।

यस आवासीय परिसरमा टलीवुडका केही चर्चित कलाकारहरू बस्छन्। आगलागीको खबर पाउनसाथ अभिनेता यश दासगुप्ता र अभिनेत्री-सांसद नुसरत जहाँ आफ्ना नानीहरूसित डरले तल झरे। विधायक-अभिनेत्री सायन्तिका ब्यनर्जीले बताइन्, घटना हुँदा त्यहाँ कोही पनि उपस्थित थिएनन्, अन्य सबै पूर्ण रूपले सुरक्षित छ।

दमकल कर्मीहरूले युद्धस्तरमा काम गर्दै आगोलाई नियन्त्रण गरे जसबाट त्यहाँको अन्य भागमा आगो फैलिनदेखि बच्यो। यस घटनामा कुनै पनि प्रकारको जनहानि भएको समाचार छैन तथापि सम्पत्तिको ठूलो नोक्सान भएको छ। पुलिसले घटनास्थलमा पुगेर सुरक्षा व्यवस्था सम्हाल्यो।

हाल पुलिसले मामिलाको जाँच गरिरहेको छ र आगलागीको सठीक कारण पत्तो लगाउन गहन अनुसन्धान गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande