
वाराणसी, 15 फरवरी (हि. स.)। उत्तर प्रदेशको वाराणसीस्थित श्रीकाशी विश्वनाथ मन्दिरमा आज महाशिवरात्रिको पावन पर्वमा दर्शन पूजनका लागि लाखौं शिवभक्तहरूको भीड़ उर्लिएको छ। श्री काशी विश्वनाथ मन्दिरमा दर्शनार्थ आएका श्रद्धालुहरूलाई श्री काशी विश्वनाथ मन्दिर न्यासका मुख्य कार्यकारी अधिकारी विश्व भूषण मिश्राले गुलाबको फूल दिएर स्वागत गरे। विश्व भूषम मिश्राले यस अवसरमा भने, महाशिवरात्रि पर्वमा श्री काशी विश्वनाथ बाबाको अलौकिक दर्शन गर्नका लागि लाखौं संख्यामा मानिसहरू आएका छन्। गए शनिवार राति 2 बजीदेखि नै शिव भक्तहरू तथा श्रद्धालुहरूले पंक्तिबद्ध भएर बसेका छन्। बिहान 7 बजीसम्ममा लगभग लगभग दुई लाखभन्दा अधिक श्रद्धालुहरूले दर्शन पूजन गरिसकेका थिए।
महाशिवरात्रिको प्रातः कालदेखि नै श्रीकाशी विश्वनाथ मन्दिरमा ज्ञानवापी एवं घाट तर्फ श्रद्धालुहरूको लामो ताँत लागिसकेको थियो। वाराणसीका गोदौलिया, निचीबाग, बुलानाला क्षेत्रमा श्रद्धालुहरूको भीड़ बढ़्नाले समाजसेवी संगठनहरूका पदाधिकारी एवं कार्यकर्ताहरू सेवा कार्यमा जुटेका छन्। अर्कोतिर वाराणसी कमिश्नरेट पुलिस पनि व्यवस्थाहरूलाई सम्हालनमा सक्रिय रह्यो। ड्यूटीमा तैनाथ पुलिसकर्मीहरूले मन्दिर मार्गमा वाहनहरूलाई सबेरैदेखि पूर्ण रूपमा रोके।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा