
खड़गपुर, 15 फरवरी (हि.स.)। राज्यका बेरोजगार युवक-युवतीहरूलाई आर्थिक सहायता उपलब्ध गराउने उद्देश्यले आइतवार खड़गपुर एक नम्बर बीडीओ कार्यालय परिसरमा ‘युवसाथी’ योजना अन्तर्गत आवेदन प्रक्रिया प्रारम्भ भएको छ। यस योजनाको घोषणा मुख्यमन्त्री ममता ब्यनर्जीले गत 5 फरवरीमा राज्य बजटमा गरेकी थिइन्।
खड़गपुर-एक ब्लकका बीडीओ सौमेन दासले शिविरको निरीक्षण गरे। उनले बताए, आगामी 26 फरवरीसम्ममा अवकाश दिन बाहेक अन्य दिन प्रतिदिन बिहान 10 बजेदेखि साँझ 5 बजेसम्म आवेदन स्वीकार गरिनेछ। उनले स्पष्ट पारे, अन्य कुनै सरकारी योजना अन्तर्गत लाभान्वित भइरहेका आवेदकहरू यस योजनाको लागि पात्र रहने छैनन्।
शिविरमा महिलाहरूको सुविधाको लागि अलग्गै काउन्टरको व्यवस्था गरिएको छ ताकि उनीहरूलाई आवेदन जमा गर्न कुनै प्रकारको असुविधा नहोस्। मोहनपुर निवासी तनुश्री भुइँयालाई आफ्नो केही महिनाको शिशुलाई काखमा बोकेर ‘युवसाथी’ योजनाको फारम भर्दै गरेको देखियो।
प्रशासनको पक्षबाट बताइयो, पात्र आवेदकहरूलाई प्रक्रिया अनुसार सहायता प्रदान गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा