राजगञ्जमा युवा साथी योजना शिविर आरम्भ
राजगञ्जमा युवा साथी योजना शिविर आरम्भ


जलपईगुड़ी, 15 फरवरी (हि. स.)। राज्यका सबै 294 विधानसभा केन्द्रहरूमा जस्तै राजगञ्जमा पनि युवा साथी योजना अन्तर्गत आवेदन पत्र वितरण एवं जमा लिने प्रक्रिया शुरू गरिएको छ। बीडीओ कार्यालय निकट फायर ब्रिगेड ग्राउण्डमा आयोजित शिविरमा आइतवार बिहानदेखिकै ठूलो संख्यामा युवक-युवतीहरू आइरहेका छन्।

प्राप्त जानकारी अनुसार यो शिविर 15-देखि आगामी 26 फरवरीसम्म जारी रहनेछ। अलग-अलग ग्राम पञ्चायतहरूको लागि अलग-अलग तिथि निर्धारण गरिएको छ।

भीड़लाई ध्यानमा राख्दै प्रशासनले सुरक्षा एवं व्यवस्थाको पुख्ता व्यवस्था गरेको छ। विधायक खगेश्वर राय, पञ्चायत समिति अध्यक्ष रुपाली दे सरकार औ बीडीओ सौरभ कान्ति मण्डलले शिविरको निरीक्षण गरी व्यवस्थाहरूको जायजा लिए। प्रशासनले आवेदकहरूसित निर्धारित दिन आवश्यक दस्तावेजहरू लिएर आउने अपील गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande