
सिलगढ़ी, 15 फरवरी (हि. स.)। सम्पूर्ण राज्यसँगसँगै सिलगढ़ीमा पनि युवा साथी योजनाको लागि आवेदन शिविर आइतवारदेखि आरम्भ भएको छ। पहिलो दिन आवेदन गर्नका लागि ठूलो संख्यामा युवक-युवतीहरू बाघाजतिन पार्कमा पुगे। राज्य सरकारको द्वारे सरकार जस्तै राज्यका सबै 249 विधानसभा क्षेत्रहरूमा विशेष क्याम्प राखिएको छ।
सिलगढ़ीमा आयोजित यस शिविरको निरीक्षण मेयर गौतम देवले गरे। उनले व्यवस्थाको जायजा लिँदै अधिकारीहरूलाई आवश्यक दिशानिर्देश दिए। आवेदन प्रक्रिया आगामी 26 फरवरीसम्म जारी रहनेछ।
यस योजना अन्तर्गत पात्र आवेदकहरूलाई प्रतिमहिना 1500 रुपियाँको आर्थिक सहायता प्रदान गरिनेछ। आवेदनको लागि पश्चिम बंगालको स्थायी बासिन्दा हुन अनिवार्य छ भने न्यूनतम शैक्षणिक योग्यता माध्यमिक उतीर्ण राखिएको छ जबकि आयु सीमा 21-40वर्षसम्म निर्धारण गरिएको छ। पहिलो दिन उर्लिएको भीड़बाट स्पष्ट हुन्छ कि योजनालाई लिएर युवाहरूमा विशेष उत्साह छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा