दुई ट्रली ब्यागबाट प्रचुर मात्रामा गांजा जफत, एक पक्राउ
दुई ट्रली ब्यागबाट प्रचुर मात्रामा गांजा जफत, एक पक्राउ


सिलगढ़ी, 15 फरवरी (हि.स.)। सिलगढ़ी मेट्रोपोलिटन पुलिसको जासूसी विभागले ठूलो सफलता हासिल गरेको छ। सूचनाको आधारमा शनिवार राति महानन्दा पुलमुनि छापा मार्दा एक जनालाई प्रचुर मात्रामा गांजा सहित पक्राउ गरिएको छ। पक्रा पर्ने व्यक्तिको पहिचान कोलकाता निवासी भरत कुमार दास (38) को रूपमा गरिएको छ। उसले बोकेका दुई ट्रली ब्यागबाट लगभग 21 किलो 800 ग्राम गांजा जफत गरिएको छ।

पुलिस सूत्रहरू अनुसार, अनुसन्धानबाट पत्तो लागेको छ कि आरोपीले कूचबिहारबाट दक्षिण बंगालमा लागूऔषध तस्करी गर्ने योजना बनाएको थियो। पुलिसले कारबाही गरी उसलाई पक्राउ गरेको छ। हाल आरोपीसित सोधपुछ शुरू गरिएको छ। अहिले मामिलाको जाँच जारी छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande