सीएपी अध्यक्षले सिक्किमका जनतालाई शिवरात्रिको शुभकामना दिए
सीएपी अध्यक्षले सिक्किमका जनतालाई शिवरात्रिको शुभकामना दिए


गान्तोक, 15 फरवरी (हि.स.)। शिवरात्रिको शुभ अवसरमा सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमका अध्यक्ष गणेश राईले सिक्किमका जनतामा हार्दिक शुभकामना व्यक्त गरेका छन्। उनले भगवान शिवको आशीर्वादले सबैको जीवनमा शान्ति, समृद्धि र आध्यात्मिक वृद्धि ल्याओस् भनी कामना गरेका छन्।

सीएपी सिक्किम अध्यक्ष राईले आज जारी आफ्नो सन्देशमा भने, शिवरात्री भनेको सत्य, करुणा र आन्तरिक शान्तिका अवतार भगवान शिवलाई सम्मान गर्दै चिन्तन र भक्ति गर्ने समय हो। भगवान शिवका शिक्षाहरूले हामीलाई सांसारिक इच्छाहरूबाट अलग रहन र भित्र खुशी खोज्न सम्झाउॅंछ।

यसरी नै स्पष्टता र एकाग्रता प्राप्त गर्न ध्यान र अनुशासनको अभ्यास गर्न, सबै प्राणीहरूलाई करुणा र क्षमा देखाउन र जीवनमा रूपान्तरण र नवीकरणलाई अँगालो हाल्न सिकाउॅंछ भनी उनले आफ्नो सन्देशमा भनेका छन्। अध्यक्ष राईले यो पवित्र रातले हामीलाई आध्यात्मिक जागरण र सद्भावतर्फ डोऱ्याओस् भनी कामना गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande