मुख्यमन्त्री रेखा गुप्ताले अमरख महादेव मन्दिरमा गरिन् पूजा-अर्चना
मुख्यमन्त्री रेखा गुप्ताले अमरख महादेव मन्दिरमा गरिन् पूजा-अर्चना


नयाँ दिल्ली, 15 फरवरी (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले महाशिवरात्रिको पावन अवसरमा उदयपुरको अम्बेरीस्थित प्राचीन अमरख महादेव मन्दिरमा देवाधिदेव महादेवको पूजा-अर्चना गरिन्। मुख्यमन्त्रीले भनिन्, यो धाम शताब्दिऔंदेखि तप, वैराग्य एवं शिव चेतनाको जीवन्त केन्द्र रहिआएको छ।

मुख्यमन्त्रीले सोशल मीडिया अकाउन्ट एक्समा पोस्ट गरी भनेकी छन्, महाशिवरात्रिको यो पावन पर्व आत्मभित्रको शिवत्व जागरण हुने अवसर हो। शिव नै शून्य छन्, शिव नै अनन्त छन् र शिव नै त्यो आधार हुन् जहाँबाट सृजना, सन्तुलन एवं परिवर्तनको प्रवाह आरम्भ हुन्छ। उनले देवाधिदेव महादेवसित प्रार्थना गरेकी छन्, उनको आशीर्वाद दिल्ली तथा समस्त देशवासीहरूमा रहिरहोस् तथा सबैलाई सेवा तथा लोककल्याणको मार्गमा अडिग रहने शक्ति प्रदान गरुन्।

यस अवसरमा क्याबिनेट मन्त्री आशिष सूद, रविन्द्र इन्द्राज, विधायक अनिल शर्मा समेत भारतीय जनता पार्टी (भाजपा) राजस्थानका सम्मानित साथीहरू उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande