
नयाँ दिल्ली, 15 फरवरी (हि.स.)। राजधानीमा प्रतिबन्धित औषधिहरूको सप्लाई विरूद्ध ठूलो कारबाही गर्दै दिल्ली पुलिसको क्राइम ब्राञ्चको एन्टी नारकोटिक्स टास्क फोर्सले पश्चिमी दिल्लीमा सक्रिय एक अवैध औषधि आपूर्ति ऱ्याकेटको भण्डाफोर गरेको छ। संयुक्त कारबाहीमा दुई जना मेडिलक स्टोर संचालकहरूलाई पक्राउ गरिएको छ जसको कब्जाबाट भारी मात्रामा ट्रामाडोल क्याप्सुल र कोडिन फस्फेटयुक्त कफ सिरप जफत गरिएको छ। पुलिसले यस कारबाहीलाई इन्टर-एजेन्सी कोअर्डिनेशनको उत्कृष्ट उदाहरण बताएको छ, किनभने यो सम्पूर्ण प्रक्रिया राज्य औषधि नियन्त्रक (स्टेट ड्रग कन्ट्रोलर) विभागसितको समन्वयमा गरिएको हो।
क्राइम ब्राञ्चका पुलिस उपायुक्त सञ्जीव यादवले आइतवार बताए, क्राइम ब्राञ्चका अधिकारीहरू अनुसार हालैमा प्रीकर्सर केमिकल, सिन्थेटिक ड्रग्स औ केही फार्मास्यूटिकल औषधिहरूलाई नशालु पदार्थको रूपमा दुरूपयोग तथा अवैध डाइभर्जन गरिरहेका घटनाहरू बढ़्दै गइरहेका थिए। यसैलाई मध्यनजर गर्दै पुलिस टीमलाई सक्रिय ड्रग सप्लायर्स विरूद्ध विशेष अभियान संचालन गर्ने निर्देश दिइएको थियो। यसै क्रममा एक गुप्त सूचना प्राप्त भयो कि सुदर्शन पार्क निवासी विनय मल्होत्रा उपनाम शिवम (47) जसले पश्चिम विहारको ए-2 ब्लकमा “शिवम मेडिकोज”-को नाममा मेडिकल स्टोर चलाउँदै आएको छ,- ले प्रचुर मात्रामा ट्रामाडोल क्याप्सूल र अन्य प्रतिबन्धित औषधिहरू अवैध रूपमा स्टक गरेर सप्लाई गरिरहेको छ।
सूचना पाउनसाथ इन्स्पेक्टर राकेश दुहानको नेतृत्वमा टीमले तत्कालै कारबाही गऱ्यो अनि औषधि विभागका ड्रग इन्स्पेक्टर मोहम्मद हामिदलाई साथमा लिएर मेडिकल स्टोरमा छापा माऱ्यो। वैधानिक औपचारिकता पूरा गरेपछि दोकानमा खानतलासी गरियो जसमा 3,360 ट्रामाडोल क्याप्सूल (लगभग 2 किलोग्राम वजन) र 84 बोतल कोडिन फस्फेट सिरप (प्रत्येक 100 एमएल, कुल 8.4 लीटर) जफत गरियो। आरोपीले वैध बिल, प्रिस्क्रिप्शन वा स्टॉक रजिस्टर प्रस्तुत गर्न सकेन। ड्रग इन्स्पेक्टरले जफत गरिएका औषधिहरूलाई अवैध कब्जा घोषित गरे। पुलिस उपायुक्त अनुसार क्राइम ब्राञ्चमा मामिला दर्ता गरी विनय मल्होत्रालाई पक्राउ गरियो।
जाँचबुझमा विनयले खुलासा गऱ्यो, उसले प्रतिबन्धित औषधिहरू रघुबीर नगरस्थित “अग्रवाल मेडिप्लस”- का संचालक चन्दन बन्सल (40), निवासी विष्णु गार्डनबाट खरिद गर्थ्यो। जाँचमा थाहा लाग्यो, चन्दन बन्सलले बिना वैध मांग पत्र औ उचित वित्तीय रेकर्ड औषधिहरू सप्लाई गरिरहेको थियो। कतिप फार्माहरूले ती औषधिहरू खरिद गरेको कुरालाई स्वीकार गरे जसको बिल आरोपीले देखाएको थियो जसबाट उसको रेकर्डलाई नक्कली पाइयो अनि नियन्त्रित औषधिहरूको अवैध डाइभर्जन भएको पुष्टि भयो। गत 11 फरवरी, 2026-मा धारा 67 एनडीपीएस एक्ट अन्तर्गत नोटिसमा जाँचमा सामेल भएको चन्दन बन्सललाई पर्याप्त साक्ष्य पाइएपछि पक्राउ गरियो। पुलिसले अब यस नेटवर्कको अन्तर्राज्यीय सप्लाई चेनको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा