सात दिनदेखि बेपत्ता युवकको सड़िसकेको शव भेटियो, हत्या भएको आशंका
सात दिनदेखि बेपत्ता युवकको सड़िसकेको शव भेटियो, हत्या भएको आशंका


पूर्व बर्दवान, 15 फ़रवरी (हि.स.)। जिल्लाको केतुग्राम थाना क्षेत्रमा आइतवार सात दिनदेखि बेपत्ता एकजना युवकको सड़िसकेको शव भेटियो जसले क्षेत्रमा सन्त्राष फैलायो। मृतकको पहिचान बुद्धदेव माझी (39)-को रूपमा भएको छ। परिवारले हत्या भएको आशंका व्यक्त गर्दै दोषीहरूलाई कड़ा सजाय दिने माग गरेको छ।

पुलिस र स्थानीय सूत्र अनुसार बुद्धदेव केतुग्रामको निरोद गाउँका निवासी थिए। केही वर्षपूर्व पारिवारिक कलहको कारणले उसकी पत्नीले उसलाई छोड़ेर गएकी थिई। त्यसपछि बुद्धदेवको स्थानीय एकजना विवाहित महिलासित कथित प्रेम सम्बन्ध थियो।

भनिन्छ, महिलाको पतिले बाहिर राज्यमा प्रवासी मजदुरको रूपमा काम गर्थ्यो। पत्नीको परपुरूषसित सम्बन्ध रहेको खुलासा भएपछि पति-पत्नीबीच विवाद भयो जुन थानासम्म पुग्यो।

सूत्र मुताविक लगभग तीन महिनाअघि महिलाले आफ्नो पतिको घर छोड़ेर बुद्धदेवको घरमा बस्न थालेकी थिई। यसलाई लिएर दुवै परिवारमा तनाउ भइरहेको थियो। यसैबीच लगभग सात दिनअघि घरबाट हिँड़ेको बुद्धदेव बेपत्ता भयो। परिवारले केतुग्राम थानामा हराएको सिकायत दर्ता गराएको थियो।

आइतवार बिहान राष्ट्रिय राजमार्ग-(छ) किनारको एउटा नाली (नयनजुली)-बाट बुद्धदेवको सड़िसकेको शव उद्धार गरियो। सूचना पाउनसाथ घटनास्थलमा पुगेको पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदियो। परिवारको आरोप छ, बुद्धदेवको हत्या गरिएको हो। पुलिसको भनाइ छ, पोस्टमर्टम रिपोर्टको आधारमा मृत्युको कारणहरूको पुष्टि गरिनेछ। सबै पक्षहरूको जाँच गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande