मुख्यमन्त्री रुकुमटारमा आयोजित 12औं शेर्पा ग्याल्पो लोसारमा सहभागी बने
मुख्यमन्त्री रुकुमटारमा आयोजित 12औं शेर्पा ग्याल्पो लोसारमा सहभागी बने


गान्तोक, 15 फरवरी (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङ आज तिमी नामफिङ निर्वाचन क्षेत्रको रुकुमटारमा आयोजित 12औं शेर्पा ग्याल्पो लोसार एवं इको-भिलेज टुरिज्म 2026 मा सहभागी बने। यस उत्सवले शेर्पा समुदायको समृद्ध सांस्कृतिक सम्पदालाई सुन्दर ढङ्गले प्रतिबिम्बित गरेको र इको-भिलेज पर्यटनको महत्त्वलाई उजागर गरेको उनले उल्लेख गरेका छन्।

मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा यस कार्यक्रमलाई सांस्कृतिक गौरव र दिगो विकासको प्रतीक बनाएकोमा आयोजक र समुदायका सदस्यहरूको प्रशंसा गरेका छन्। उनले आफ्नो सम्बोधनमा क्रममा दिगो एवं समावेशी विकास सुनिश्चित गर्दै यस क्षेत्रलाई एउटा पर्यटन गन्तव्यको रूपमा विकास गर्न सामूहिक प्रयासको लागि आह्वान गरे।

मुख्यमन्त्रीले जीविकोपार्जन र पूर्वाधार सुधार गर्ने उद्देश्यले सरकारले विभिन्न विकास योजनाहरू र पहलहरू मार्फत यस निर्वाचन क्षेत्रलाई निरन्तर समर्थन गरिरहेको बताए। उनले यी निरन्तर प्रयासहरूकै परिणामस्वरूप यस क्षेत्रले निरन्तर प्रगति देखेको बताउॅंदै पर्यटनलाई अझ सुदृढ़ पार्न, स्थानीय समुदायहरूलाई सशक्त बनाउन र जनताको समग्र विकास सुनिश्चित गर्न सरकारको प्रतिबद्धता पुन: पुष्टि गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande