चोरी एवं थुतेका 25 वटा मोबाइल जफत, एनजेपी जीआरपीले असली मालिकलाई फर्काइदियो
चोरी एवं थुतेका 25 वटा मोबाइल जफत, एनजेपी जीआरपीले असली मालिकलाई फर्काइदियो


सिलगढ़ी, 15 फरवरी (हि. स.)। एनजेपी जीआरपीले रेलवे स्टेशन र ट्रेनहरूमा चोरी तथा थुतेका 25 वटा मोबाइल फोन जफत गरी आइतवार त्यसको असली मालिकहरूलाई फर्काइदिएको छ।

जीआरपी अधिकारीहरूले सेबै मोबाइल फोनहरूको पहिचान तथा कानूनी प्रक्रिया पूरा गरेपछि त्यसको असली मालिकहरूलाई सुम्पिदिए। आफूले गुमाएको मोबाइल फेरि हातमा पाउँदा यात्रीरूको अनुहारमा खुशी झल्किरहेको थियो।

यस अवसरमा जीआरपीको पक्षबाट विशेष जागरूकता अभियान पनि संचालन गरियो। यात्रीहरूलाई ट्रेन यात्रा अवधि मोबाइल फोन, पर्स, ब्याग तथा अन्य मूल्यवान सामानहरूको सुरक्षाप्रति सतर्क रहने सल्लाह दिइयो। पुलिस कर्मीहरूले संदिग्ध गतिविधि भएको थाहा लागे तत्कालै सूचना दिने अनि कुनै पनि वस्तु हराएको स्थितिमा जीआरपी हेल्पलाइनसित सम्पर्क गर्ने अपील गरे।

अधिकारीहरूले बताए, भीड़-भाड़ भएको समय चोरी जस्ता घटनाहरू बढ़्छन् त्यसैले यात्रीहरूले अतिरिक्त सतर्कता अप्नाउनुपर्छ।

यस कार्यक्रममा एसआरपी कुँवर भूषण सिंह, एसओजी ओसी अत्रेए गांगुली, एनजेपी आईसी पासंग शेर्पा, एएसआई सैफुल आलम सहित अन्य अधिकारीहरू उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande