विस बाहिर कंग्रेसले जुबिन गर्गको मुद्दामा गऱ्यो विरोध प्रदर्शन
विस बाहिर कंग्रेसले जुबिन गर्गको मुद्दामा गऱ्यो विरोध प्रदर्शन


गुवाहाटी, 16 फरवरी (हि.स.)। असम विधानसभाको बजट सेशन सोमवारदेशि शुरू भयो जसमा कंग्रेस विधायकहरूले दिवंगत असमिया गायक जुबिन गर्गको लागि न्यायको माग गर्दै विधानसभा गेट सामु विरोध प्रदर्शन गरे। चार दिवसीय यो सत्र आगामी चुनाउपूर्व वर्तमान विधानसभा कार्यकालको अन्तिम बैठक हो।

कंग्रेसका विधायकहरूले 19 सेप्टेम्बर, 2025-मा भएको गर्गको मृत्यु मामिलामा फास्ट ट्र्याक ट्रायलको मागमा प्रदर्शन गरे। सदनका नेता प्रतिपक्ष देबब्रत सौकियाले भने, मामिला अहिले कोर्टमा छ र यसमाथि राजनीतित हुनु हुँदैन, साथै सिंगगर परिवारले चाँड़ै कानूनी कारबाही गर्ने माग गरेका छन्।

असमका मन्त्री पीयूष हजारिकाले सत्रका एजेण्डाहरू बारे बताए जसमा भनियो, राज्यपालले पहिलो दिन पारम्परिक भाषण दिनेछन् त्यसपछि चर्चा हुनेछ। वित्त मन्त्रीले दोस्रो दिन भोट अन अकाउन्ट (अन्तरिम बजट) पेश गर्नेछन् जसमाथि सत्र समाप्त हुनपूर्व बहस हुनेछ।

मन्त्री नन्दिता गार्लोसाले आशा व्यक्त गरिन्, अन्तिम सेशन जनताका आशाहरूमा खरो उत्रिनेछ। उनले भनिन्, विधानसभाको समयमा धेरैवटा आवश्यक फसेला लिइएको छ।

यसबीच भाजपा विधायक मानब डेकाले स्पष्ट पारे, राज्यपालको अभिभाषण तथा अन्तरिम बजट पेश गर्नु सेशनको मुख्य एजेण्डा हो। उनले मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाको पक्षमा बोल्दै विपक्षका राजनीतिक व्यवहारको पनि आलोचना गरे।

एआईयूडीएफ विधायक अमिनुल इस्लामले भने, उनको पार्टीले सेशन अवधि केही मुद्दाहरूमा विरोध गर्नेछ साथै आरोप लगाए, सरकारले विभाजन गर्ने नीति अप्नाइरहेको छ उनले मुख्यमन्त्री विरूद्ध एफआईआर औ स्पेशल इन्बेस्टिगेशन टीम मार्फत जाँच गराउनुपर्ने मागमा दर्ता याचिकामथिा उच्चतम न्यायालयमा भइरहेको सुनवाईको पनि उल्लेख गरे।

सत्रमा चर्को बहस हुने आशा छ, किनभने यो वर्तमान विधानसभाको अन्तिम बजेट सत्र हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande