
गुवाहाटी, 16 फरवरी (हि.स.)। असम प्रदेश कंग्रेस पार्टी (एपीसीसी)-का पूर्व अध्यक्ष भूपेन बोराले पार्टीबाट राजीनामा दिएपछि कंग्रेस मात्र होइन अन्य विपक्षी पार्टीहरूमा पनि खैलाबैला मचिएको छ। सत्ता पक्षदेखि लिएर विपक्षी नेताहरले आ-आफ्नो प्रकारले यसमाथि प्रतिक्रिया व्यक्त गरिरहेका छन्।
यसै क्रममा राइजोर दलका अध्यक्ष एवं पार्टीका एकमात्र विधायक अखिल गोगोईले साेमवार विधानसभामा बजट सत्रको पहिलो दिन सदन बाहिर मीडियासित बातचित गर्दै भने, बोरा भारतीय जनता पार्टी (भाजपा)-मा सामेल हुने छैनन्, उनलाई कंग्रेसमै राख्नको लागि मनाउने प्रयास भइरहेको छ।
अखिल गोगोईले स्वीकार गरे, बोराले साँच्चै नै पार्टी छोड़ेका छन्, तर ती अफवाहरूलाई खारेज गरिदिए जसमा भनिँदैथ्यो कि वरिष्ठ विपक्षी नेता बोरा भाजपामा सामेल हुनेछन्। गोगोईले भने, यो साँचो हो कि भूपेन बोराले कंग्रेसबाट राजीनामा दिएका छन्। तर यो पनि साँचो हो कि उनी भाजपामा सामेल हुने छैनन् जस्तो कि अनुमान लगाइँदैछ।
बोरालाई असममा विपक्षका एक चर्चित अनुहार बताउँदै गोगोईले भने, कंग्रेसका केही वरिष्ठ नेताहरूले उनलाई आफ्नो फसेलामाथि पुनः सोच्नको लागि मनाउने चेष्टा गरिरहेका छन्। उनले भने, उनलाई सम्झाउनका लागि बातचित भइरहेको छ। पार्टीको ढोका उनको लागि सदैव खुल्ला छ। यो घटनाक्रम यस्तो समयमा भएको छ जतिबेला राजनीतिक रूपमा यो अत्यन्त संवेदनशील छ, किनभने विपक्षी खेमा आगामी चुनावी प्रतिस्पर्धापूर्व एकता कायम राख्न चाहन्छ। बोराको राजीनामाबाट राजनीतिक जगतमा भुइँचालो नै ल्याइदिएको छ। साथै राज्यमा विपक्षको रणनीतिमाथि पनि यसको सम्भावित प्रभावमाथि प्रश्न उठिरहेको छ।
---
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा