
सिलगढ़ीड, 16 फरवरी (हि. स.)। नक्सलबाड़ी क्षेत्रमा विकास कार्यहरूलाई गति दिने क्रममा दुई वटा श्मशान घाटहरूको शिलान्यास गरियो। सोमवार सिलगढ़ी महकुमा परिषदका सभाधिपति अरुण घोषले दुई श्मशान घाटहरूको शिलान्यास गरे। फाकना जोत र रकम जोतमा निर्माण हुने यी श्मशान घाटहरूको निर्माणको लागि सिलगढ़ी महकुमा परिषदको निधिबाट लगभग 21 लाख रुपियाँ आवन्टन गरिएको छ।
यस अवसरमा सभाधिपति अरुण घोषले भने, मुख्यमन्त्रीका प्रयासहरूबाट सिलगढ़ी महकुमा परिषद क्षेत्रमा द्रूत गतिमा विकास कार्यहरू भइरहेका छन्। उनले दाबी गरे, फरवरी महिनामा मात्र यस महकुमा क्षेत्रमा कड़ोरौं रुपियाँका विकास कार्यहरूलाई पूरा गरिएको छ। उनले वामपन्थीहरूमाथि कटाक्ष गर्दै भने, 34 वर्शको कार्याकलमा पनि उनीहरूले यस किसिमको विकास गरेका थिएनन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा