मेघालय विधानसभाको बजट सत्र आरम्भ, बजट 20 फरवरीमा
मेघालय विधानसभाको बजट सत्र आरम्भ, बजट 20 फरवरीमा


शिलंग, 16 फरवरी (हि.स.)। मेघालय विधानसभाको बजट सत्र साेमवार आरम्भ भयो। यस सत्र अवधि अवैध खनन तथा सार्वजनिक खर्चमाथि विशेष रूपमा ध्यानकेन्द्रित गर्ने चर्चाहरू हुने आशा छ।

ज्ञात रहोस्, वर्ष 2026-27 को लागि राज्यको बजट 20 फरवरीमा पेश गरिनेछ। सेशन 27 फरवरीसम्म चल्नेछ।

केन्द्रिय गृह मन्त्रालयको हालैको निर्देश अनुसार वन्दे मातरम गीतसितै सदनको कारबाही शुरू भयो जसपश्चात राष्ट्रगान र राज्यगान पनि गाइयो। राज्यपालको भाषणसितै सत्रको औपचारिक शुरूआत भयो। आशा छ, आगामी दिनमा धन्यवाद प्रस्ताव र बहस हुनेछ।

सदनमा वित्तीय आवन्टन, विकास योजनाहरू, शासन उपायहरू औ क्षेत्र-विशिष्ट सुधारहरूको जाँचसगँसँगै अवैध खननको एजेण्डा हावी हुने सम्भावना छ। विपक्षी सदस्यहरूबाट आशा व्यक्त गरिएको छ, उनीहरूले विनियमन तथा प्रवर्तनलाई लिएर सरकारमाथि दबाल दिनेछन् विशेष गरी खनन क्षेत्रमा।

आगामी 20 फरवरीमा हुने बजटको प्रस्तुतिमा आगामी वित्तीय वर्षको लागि सरकारका वित्तीय प्राथमिकताहरूको विवरण दिने आशा छ जसमा विशेष ध्यान राजस्व सृजन औ व्यय प्रबन्धनमाथि केन्द्रित हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande